२०८२, २९ चैत्र सोमबार

सानैमा बिहेले यसरी टुक्रिन्छ जीवन

सानैमा बिहेले यसरी टुक्रिन्छ जीवन


काठमाडौं, असोज ९ : कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ ।कलिलैमा गरिने विवाहका कारण धेरै परिवार टुक्रिएका छन् । सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ । कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने क्रम बढेको सरकारी तथ्यांकले देखाएको छ ।

उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ । अधिकांश बालबालिकाले बीचैमा विद्यालय छाड्ने गरेका छन् । बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं खर्च भइरहेको छ । तैपनि, बालविवाह रोकिएको छैन ।

बालविवाह न्यूनीकरणका लागि थालिएका अभियान प्रभावकारी नहुँदा यहाँका किशोरी बढी पीडित छन् । उमेर नपुग्दै गर्भवती हुने र बच्च जन्माउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन् । पढ्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन् । आर्थिक अभाव देखाउँदै कतिपय अभिभावकले नै उमेर नपुग्दै सन्तानको बिहे गरिदिन्छन् । यो समाचार अन्नपूर्ण पोष्ट्मा छ ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  ६ : ४१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४