२०८२, २६ कार्तिक बुधबार

सानैमा बिहेले यसरी टुक्रिन्छ जीवन

सानैमा बिहेले यसरी टुक्रिन्छ जीवन


काठमाडौं, असोज ९ : कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ ।कलिलैमा गरिने विवाहका कारण धेरै परिवार टुक्रिएका छन् । सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ । कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने क्रम बढेको सरकारी तथ्यांकले देखाएको छ ।

उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ । अधिकांश बालबालिकाले बीचैमा विद्यालय छाड्ने गरेका छन् । बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं खर्च भइरहेको छ । तैपनि, बालविवाह रोकिएको छैन ।

बालविवाह न्यूनीकरणका लागि थालिएका अभियान प्रभावकारी नहुँदा यहाँका किशोरी बढी पीडित छन् । उमेर नपुग्दै गर्भवती हुने र बच्च जन्माउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन् । पढ्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन् । आर्थिक अभाव देखाउँदै कतिपय अभिभावकले नै उमेर नपुग्दै सन्तानको बिहे गरिदिन्छन् । यो समाचार अन्नपूर्ण पोष्ट्मा छ ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  ६ : ४१ बजे

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको