२०८२, २६ कार्तिक बुधबार

तीन पैसामै इन्टरनेट !

तीन पैसामै इन्टरनेट !


काठमाडौं, असोज ६: मोबाइलमा इन्टरनेट चलाईरहँदा ब्यालेन्स सकिएको पत्तै नपाउने बाध्यता बेहोर्नुपरेका प्रयोकर्ताका लागि यो शीर्षक पत्यार नलाग्न सक्छ। हुन पनि विश्व औसतको तुलनामा केह महँगो नेपालको इन्टरनेट ती सस्तोमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वस गर्ने आधार दूरसञ्चार सेवा प्रदायकले तयार गर्न सकेका छैनन्। यद्यपी भ्वाइसबाट विस्तारै डेटा बवारतर्फ केन्द्रित हुँदै गरेका टेलिकम कम्पनीबीचको प्रतिस्पर्धाले मोबाइल डेटा प्रतिएमबी तीन पैसासम्म झरेको छ।

नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमसहित अहिले तीनवटा सेवा प्रदायकले मोबाइल सेवा प्रदान गरिरहेका छन्। यी तीनै कम्पनीले चौथो पुस्ताको इन्टरनेट प्रविधि फोरजी पनि उपलब्ध गराइरको छन्। विशेष अवसर अथवा दिवसहरुमा तीनै कम्पनीबीच सस्तोमा डेटा प्याक बेच्ने होडबाजी नै चल्छ। यसपटक पनि यस्तै भयो भन्ने खबर गाेरखापत्र दैनिकमा छ। संविधन दिवसलाई लक्षित गर्दै नेपाल टेलिकम र स्मार्ट टेलिकमले संविधान विशेष प्याकेज सार्वजनिक गरे।

यी दुवै कम्पीको प्याक घोषणाको एक दिन अघि नै एनसेलले ‘मेरो प्लान’ नामक प्याकमा विभिन्न पाँचवटा डेटा केन्द्रित सुविधा सार्वजनिक गर्यो। टेलिकमले असोज १ देखि १५ गतेसम्म लिन सकिने गरी सार्वजनिक गरेको संविधान दिवस अफरमा एक सय रुपैयामा तीन जीबी डेटा उपलब्ध गराइरेको छ। प्रत्येक दिन एक जीबी डेटा प्रयोग गर्न सकिने यो अफरमार्फत ग्राहकले प्रतिएमबी औसत तीन पैसामै इन्टरनेट चलाउन पाउने छन्।

प्रकाशित मिति : २०७६, ६ आश्विन सोमबार  ७ : ०१ बजे

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको