२०८३, ३० भाद्र बुधबार

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु


हेटौँडा, ५ असोज : प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ । हेटौँडा– ८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा आज वृक्षरोपण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय जातका फलफूल बोटबाटै टिपेर खान मिल्नेगरी वृक्षरोपण गरिनुपर्ने र यस कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी प्रतिफल आउने गरी काम गर्न अनुरोध गर्नुभयो ।

‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा लागू हुने जनाइएको छ । आजै मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतले उक्त विद्यालय परिसरमा आँप, कटहर, घ्युफल, लिची, अम्बा, अमला, तेजपात, नास्पाती, हलुवावेद, रुद्राक्षलगायत वनस्पतिका २०० बिरुवा रोप्नुभएको हेटौँडा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिनुभयो ।

विद्यालय हरित कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि प्रदेश सरकारले १५ डिभिजन कार्यालयमार्फत १३ जिल्लामा १३ हजार २०० बिरुवा रोप्ने लक्ष्य लिएको सो अबसरमा जानकारी दिइएको थियो । कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको सङ्ख्याअनुसार वृक्षरोपण गर्ने र विद्यालयले विद्यार्थीलाई बिरुवा संरक्षणको जिम्मा दिने जनाइएको छ ।

प्रकाशित मिति : २०७६, ५ आश्विन आईतबार  १ : ४४ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला