२०८३, १३ कार्तिक शुक्रबार

नुवाकोटमा आधुनिक इँटा उद्योग सञ्चालनमा

नुवाकोटमा आधुनिक इँटा उद्योग सञ्चालनमा


काठमाण्डौ ५ असोज : नुवाकोटको लिखु गाउँपालिका–१ मुरलीटारमा भैरवीमाई इँटा उद्योग प्रालि सञ्चालनमा आएको छ । विद्युतीय उकरणमार्फत उत्पादन हुने भएकाले इँटाको गुणस्तर नेपालमै उच्च कोटीमा रहेको उद्योगको दाबी छ ।

चिनियाँ प्रविधि र जनशक्तिमार्फत निर्माण गरिएको आधुनिक इँटा उद्योगले आजदेखि नियमित उत्पादन शुरु गरेको प्रालिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार “उद्योगको उत्पादन प्रविधि र उपकरणका सहायताबाट गरिएको छ भने धुवाँ र मानवीय श्रममुक्त भएकाले उद्योग वातावरणमैत्री रहेको छ”, उहाँले भन्नुभयो, “माटो खन्नेदेखि उत्पादनसम्मका सबै काम प्रविधि र उपकरणको सहायताबाट हुन्छ । कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा उपभोक्तालाई हाल बजारको मूल्यभन्दा सस्तो, आकारमा ठूलो र गुणस्तरीय उत्पादनसमेत दिइनेछ ।”

इँटा उद्योगमा हुने बालश्रम तथा श्रमशोषण विकराल रहेको अवस्थामा सञ्चालनमा आएको यस उद्योगले ती समस्या समाधान गर्ने विश्वास लिइएको छ । विद्युतीय टनेलमार्फत तयार गरिने हुँदा इँटा उत्पादनका क्रममा आउने धुवाँले वातावरणमा पु¥याउने समस्या र इँटा पोल्न काठका लागि हुने जङ्गल फँडानीसमेत निवारण हुने उद्योगले जनाएको छ ।

उद्योग सञ्चालक समितिका सदस्य नारायणमान श्रेष्ठका अनुसार हाल सञ्चालमा रहेका अन्य इँटा उद्योगले हिउँदको समयमा मात्र चल्ने, बादल र वर्षाबाट उत्पादन प्रभावित बन्ने भए पनि भैरवीमाई उद्योग बाह्रै महीना चलाउन सकिनेछ । यहाँ उत्पादन भएका इँटा काठमाडाँै उपत्यका सहित चितवन, हेटौँडा, पोखरालगायतका स्थानसम्म पहुँच राख्नसक्ने सञ्चालकको दाबी छ । हाल ८० रोपनी जग्गामा फैलिएको आधुनिक संरचनामा निर्मित उक्त उद्योगमा रु ३५ करोड लगानी रहेको छ । RSS

प्रकाशित मिति : २०७६, ५ आश्विन आईतबार  १ : २१ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल