२०८२, १८ श्रावण आईतबार

कारागारमा क्षमताभन्दा बढी कैदी

कारागारमा क्षमताभन्दा बढी कैदी


रौतहट, ४ असोज: रौतहटको गौर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । विसं १९८९ मा स्थापना भएको गौर कारागारको क्षमता १२० जना अटाउने रहेकामा हाल यहाँ २९४ कैदीबन्दी छन् ।

कैदीबन्दीको सङ्ख्या बढ्दै गएको छ । क्षमताभन्दा बढी बनदी भएपछि व्यवस्थापन गर्न गाह्रो भएको गौर कारागारका जेलर नायबसुब्बा शम्भु यादवले बताउनुभयो । “कारागार भवन जीर्ण छ । कैदीको सङ्ख्या बढ्न थालेपछि समस्या भएको छ”, उहाँले भन्नुभयो । भवनसमेत अपुग भएको छ ।

वर्षात्को समयमा कैदीबन्दीलाई धेरै समस्या हुने गरेको यादवले बताउनुभयो । विभिन्न मुद्दाका कैदीबन्दीलाई व्यवस्थापन गर्न चुनौती भएको बेलामा सङ्ख्या बढ्दै जाँदा झन समस्या भएको उहाँको भनाइ छ । कारागारमा कर्तव्य ज्यान, ज्यान मुद्दा, चेलीबेटी बेचबिखन, मावन ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागूऔषध, सवारी ज्यान, बलात्कारलगायता मुद्दामा कैदीले सजाय भुक्तान गरिरहेका छन् । कैदीबन्दीमध्ये १२ महिला छन् ।

देशका अधिंकाश स्थानमा रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । राणाकालीन समयमा बनेको गौर कारागार पुरानो र जीर्ण बन्दै गएकाले अन्य स्थानमा कारागार बनाउन पहल भइरहेको उहाँले बताउनुभयो । नयाँ कारागार बनाउन जमीनको खोजी भइरहेको छ । RSS

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ८ : ३२ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन