२०८३, १७ बैशाख शुक्रबार

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण पक्का

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण पक्का


काठमाण्डौ४ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर विभिन्न अडकलबाजी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका शीर्ष नेताहरुलाई सीको भ्रमण पक्का भएको जानकारी गराएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको भ्रमण हुने भएको जानकारी गराएका हुन् । यद्यपि उनले भ्रमणबारे धेरै बताएनन्, ‘एजेण्डा नै बनाएर फेरि छलफल गरौंला’ भनेको सचिवालयका एक नेताले जानकारी दिए ।

राष्ट्रपति सी जिनपिङ दशैं लगतै भारत हुँदै नेपाल आउने छन् । सी भारत-चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन दिन अनौपचारिक छलफल गरेर उनी नेपाल आउनेछन् ।

दुबै देशको परराष्ट्र मन्त्रालयले भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरेको छैन । तर १४ अक्टोेबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किने स्रोतको दाबी छ ।

राष्ट्रपति सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली सोमबार नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुसँग ‘सी जिनपिङ थप’बारे समेत छलफल गर्ने कार्यक्रम छ ।

सरकारले भने सीको भ्रमणका क्रममा गर्न सकिने सम्झौताहरुका लागि गृहकार्य थालेको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा छलफल भएको काठमाडौं केरुङ रेल मदन भण्डारी विश्वविद्यालय लगायतका विषयलाई टुंग्याउने सरकारको प्रयास छ ।

स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुनसक्छ । तर, लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ८ : २२ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले