२०८३, ९ कार्तिक सोमबार

बामदेवले भने : कास्की २ मा उपचुनाव लड्दिन

बामदेवले भने : कास्की २ मा उपचुनाव लड्दिन


काठमाण्डौ ४ असोज : नेकपाका नेता बामदेव गौतमले आफु कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचन नलड्ने बताएका छन् । उनले सचिवालय बैठकमा आफुले उम्मेवार नदिने प्रस्ताव नै लगेको हुन ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकमा गौतमले उपचुनाव नलड्ने प्रस्ताव राखेका हुन् । यद्यपि यसलाई औपचारिक धारणाको रुपमा नलिने र थप अध्ययन गरेर मात्र निर्णयमा पुग्ने सहमति भएको एक सचिवालय सदस्यले बताएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको कास्की २ मा उपचुनाव हुँदैछ ।

यहाँ गौतम उठ्ने तयारी थियो । स्रोतकाअनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले गौतमलाई टिकट दिने आश्वासन समेत दिएका थिए ।

तर गौतम एकाएक पछि हटेका छन् । एक नेता भन्छन्, ‘उपचुनावको परिणाम तलमापथि हुनासाथ पार्टी र सरकारलाई असर गर्ने भएकाले उहाँले जोखिम दिन नचाहनु भएको हो ।’

यदि नेकपाले गौतमको प्रस्ताव स्वीकार गरेमा अधिकारी पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने सम्भावना रहन्छ । उनी अखिलकी पूर्व नेतृ समेत हुन् ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ८ : ०९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना