२०८३, १७ बैशाख शुक्रबार

बामदेवले भने : कास्की २ मा उपचुनाव लड्दिन

बामदेवले भने : कास्की २ मा उपचुनाव लड्दिन


काठमाण्डौ ४ असोज : नेकपाका नेता बामदेव गौतमले आफु कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचन नलड्ने बताएका छन् । उनले सचिवालय बैठकमा आफुले उम्मेवार नदिने प्रस्ताव नै लगेको हुन ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकमा गौतमले उपचुनाव नलड्ने प्रस्ताव राखेका हुन् । यद्यपि यसलाई औपचारिक धारणाको रुपमा नलिने र थप अध्ययन गरेर मात्र निर्णयमा पुग्ने सहमति भएको एक सचिवालय सदस्यले बताएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको कास्की २ मा उपचुनाव हुँदैछ ।

यहाँ गौतम उठ्ने तयारी थियो । स्रोतकाअनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले गौतमलाई टिकट दिने आश्वासन समेत दिएका थिए ।

तर गौतम एकाएक पछि हटेका छन् । एक नेता भन्छन्, ‘उपचुनावको परिणाम तलमापथि हुनासाथ पार्टी र सरकारलाई असर गर्ने भएकाले उहाँले जोखिम दिन नचाहनु भएको हो ।’

यदि नेकपाले गौतमको प्रस्ताव स्वीकार गरेमा अधिकारी पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने सम्भावना रहन्छ । उनी अखिलकी पूर्व नेतृ समेत हुन् ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ८ : ०९ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले