२०८३, १७ बैशाख शुक्रबार

पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान स्थापना गरिने

पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान स्थापना गरिने


काठमाण्डौ ४ असोज: सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति विकास गर्ने उद्देश्यका साथ प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

विभिन्न सञ्चार माध्यममा पर्यटन क्षेत्र हेर्ने सञ्चारकर्मीसँग आज भएको छलफलमा मन्त्री भट्टराईले प्रतिष्ठान स्थापनाका लागि विधेयकको मस्यौदा तयार भई सरोकारवाला मन्त्रालयमा राय सुझावका लागि पठाइएको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा पठाइने बताउनुभयो ।

समग्र पर्यटन क्षेत्रलाई समेट्ने गरी अहिलेसम्म कुनै पनि प्रतिष्ठान छैन । त्यस्तै नागरिक उड्डयन क्षेत्रमा स्वदेशमै जनशक्ति विमान चालक (पाइलट) उत्पादन गर्न ‘फ्लाइङ स्कुल’ स्थापनाका लागि विज्ञ तथा सरोकारवालासँग राय सुझाव लिने काम भइरहेको र यसलाई पनि छिट्टै पूर्णता दिइने मन्त्री भट्टराईको भनाइ थियो ।

नेपाल छिट्टै इयूको सुरक्षा सूचीबाट हट्ने

पर्यटनमन्त्री भट्टराईले युरोपेली सङ्घ (इयू)को सुरक्षा चासोलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायको रुपमा विभाजन गर्ने प्रक्रियामा रहेको तथा तदसम्बन्धी विधेयक अन्तरमन्त्रालयमा छलफल भई मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले इयूको चासो बमोजिमका प्रगति हालिस गरिरहेकाले नेपाल उसको सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटनमन्त्री भट्टराईले उपयुक्त विषयमा इयूका राजदूत, सम्बन्धित मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगमार्फत पनि पहल भइरहेको र यसमा सकारात्मक वातावरण बनिरहेकाले छिट्टै नै इयूको सुरक्षा सूचीबाट हट्ने दाबी गर्नुभयो ।

निगम सुधार्न ‘सफ्ट थेरापी’

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार र सेवा स्तरीकरणको अभियानमा प्राथमिकताका साथ लाग्नुभएका मन्त्री भट्टराईले समस्याग्रस्त निगमको प्रभावकारी व्यवस्थापन र गुणस्तरका लागि सफ्ट थेरापी आवश्यक भएको र त्यसका लागि छिट्टै नै आवश्यक निर्णय लिइने जानकारी दिनुभयो ।

निगम सुधार सुझाव कार्यदलले हालै मन्त्रालयलाई बुझाएको प्रतिवेदनका आधारमा निगमको व्यवस्थापन सुधारको काम थालनी गरिने उहाँले उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई लक्ष्य गरी पूर्वाधार विकास, गन्तव्य प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय बजारीकरणका कामलाई तीव्रता दिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ६ : ४५ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले