२०८३, २६ आश्विन मंगलबार

संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट

संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट


काठमाडौँ,  २ असोज  ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई आजदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो ।

चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीन दिन अन्य सबै स्वदेशी र विदेशी नागरिकबाट रु ५० शुल्क लिइने छ । अन्य समयमा चिडियाखानाले सर्वसाधारणबाट रु १५०, विदेशीबाट रु ७५० र विद्यार्थीबाट रु ९० शुल्क लिने गरेको छ । हाल दैनिक झण्डै पाँच हजार व्यक्ति अवलोकनका लागि आउने गरेको सूचना अधिकारी चालिसेले जानकारी दिनुभयो । चिडियाखानामा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् ।

चिडियाखानाले गत आर्थिक वर्षमा अवलोकन गर्न आउनेहरुबाट रु १४ करोड आम्दानी गरेको थियो ।  अघिल्लो आवमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी भएको थियो । गत आवामा स्वदेशी र विदेशी गरी एक लाख व्यत्तिले चिडियाखानाको अवलोकन गरेका थिए ।

एक वर्षअघि भित्र्याइएको ‘रेड पाण्डा’ र ‘रिङटेल्ड लिमर’ अहिले भिडियाखानाका मुख्य आकर्षणका रुपमा रहेका छन् । प्छिल्लो समय चिडियाखानाले जनावरलाई राख्न नयाँ घर बनाउने काम तीव्ररुपमा अघि बढाएको चालिसेले बताउनुभयो । रासस

 

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ७ : ४१ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका