२०८३, ३० श्रावण आईतबार

गैरसरकारी संस्था एकद्वार प्रणालीबाट सञ्चालन गरिनेः मुख्यमन्त्री राई

गैरसरकारी संस्था एकद्वार प्रणालीबाट सञ्चालन गरिनेः मुख्यमन्त्री राई


मोरङ, २ असोज :  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सञ्चालनमा रहेका गैरसरकारी संस्थालाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट सञ्चालन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाले लगानी धेरै देखाए पनि त्यसको प्रभाव कम देखिएको गुनासो बढेकाले प्रदेश सरकारले अनुगमन गर्ने गरी एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न लागेको उहाँले प्रष्ट पार्नुभयो ।

सामाजिक विकास मन्त्रालय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सङ्गठन ९एआइएन०ले विराटनगरमा आज आयोजना गरेको ‘प्रदेश १ को विकासमा अन्तर्राष्ट्रिय संस्थाको भूमिका’ विषयक बहस कार्यक्रममा मुख्यमन्त्री राईले गैरसरकारी संस्थाको अभियानका कारण चेतनास्तर बढेको कुरा नकार्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै साझेदारसँग सहकार्य गरी हाम्रो लक्ष्य प्राप्तिका लागि लागेका छौँ, त्यसले नीति बनाई गैरसरकारी संस्था व्यवस्थित गरी सञ्चालन गर्न प्रदेश सरकारले तयारी गरेको छ ।”

मुख्यमन्त्री राईले पहिले समाज सङ्गठित भएर समाजका समस्या समाधान गर्ने र बाटो बनाउने गरे पनि गैरसरकारी संस्थाको गतिविधि पछि त्यो देखिन छाडेको सुनिने गरेको बताउनुभयो । “गैरसरकारी संस्थाले भत्ता बाँडेर बानी बिगारेका कारण यस्तो सहकार्य देखिँदैन भन्ने छ”, उहाँले भन्नुभयो । पहिले राज्य कमजोर भएका कारण अनुगमन नहुँदा पारदर्शिता नहुने तथा खर्च गरेअनुसार उपलब्धि नदेखिँदा गैरसरकारी संस्थालाई हेर्ने दृष्टिकोण नराम्रो भएको उहाँको भनाय थियो ।

कतिपयले अनुगमन नभएको फाइदा उठाए पनि अब भने प्रदेश सरकारले गैरसरकारी संस्थाले काम गर्न चाहेको तहमा त्यो कार्यक्रम आवश्यकता हेरी नदोहोरिने गरी काम गर्ने वातावरण बनाइने र अनुगमन गरिने मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकारका उद्देश्य पूरा गर्न सार्वजनिक निजी साझेदारी अवधारणामार्फत काम गर्ने योजना अगाडि बढाएकाले निजी क्षेत्र, गैरसरकारी संस्था र बाह्य लगानी भित्र्याउन नीति निर्माणमा प्रदेश सरकार लागेको उहाँले प्रष्ट पार्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले गैरसरकारी संस्थाले गर्ने कार्यक्रम निर्वाचित जनप्रतिनिधिमार्फत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको आर्थिकस्तर उठाउने खालका काम गर्न आवश्यक छ, यसका लागि सबैले सरकारको सहयोगीको रुपमा काम गर्नुपर्छ ।”

सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, प्रदेश १ सरकारका प्रमुख सचिव सुरेश अधिकारीलगायतले गैरसरकारी संस्थाले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोगी हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ७ : १६ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका