२०८३, २४ भाद्र बिहीबार

काभ्रेमा वर्षाका कारण एक बालकको ज्यान गयो, ४५ घर जोखिाममा, विद्यालय भवन पुरियो

काभ्रेमा वर्षाका कारण एक बालकको ज्यान गयो, ४५ घर जोखिाममा, विद्यालय भवन पुरियो


काभ्रेपलाञ्चोक १ असोज  :  अविरल वर्षाका कारण काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ फेदी दोभानमा एक बालकको मृत्यु भएको छ । फेदीमा पसल गरी बस्ने मण्डन देउपुर नगरपालिका वडा नं ११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेश तामाङको मृत्यु भएको हो ।

बुधबार विहान बिहान ६ बजे पसल माथिबाट आएको पहिरोले पुरिएर बालकको गएपनि  बुबा भने भाग्न सफल भएका थिए । आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएका थिए ।

घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए । विहानको ११ बजे बालकको शव फेलापरेको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो ।

घटना लगतै जिल्ला प्रहरी कार्यालय काभ्रे, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा, नेपाल रेडक्रस सोसाईटीका सभापति रघुबर चौप्रधान लगायतका व्यक्तिहरु घट्नास्थलमा पुगेका थिए । नगरप्रमुख वाईबाका अनुसार फेदीमा २ वटा किराना पसल उच्च जोखिममा रहेकाछन् ।

यसैगरी काभ्रेकै खानीखोला गाउँपालिका वडा नं ५ डुम्रेमा रहेको नेत्र ज्योति प्राथमिक विद्यालयको ३ कोठे पक्की भवन भत्किएको छ । । विद्यालयको दुईवटा भवन मध्ये एउटा भवन पूर्णरुपमा क्षति भएको वडा अध्यक्ष दुर्गा तिमल्सिनाले जानकारी दिए । यसैगरी घरमाथिबाट आएको पहिरोले स्थानीय टेकबहादुर सिङतानको घर पनि पुरिए तिमल्सिनाले बताए । मानवीय क्षति नभएपनि घर भित्र रहेको कुनै सामान निकाल्न नपाउदा सिङतानको परिवार समस्यामा परेपछि सिङतानको परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको वडा अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

त्यस्तै तेमाल गाउँपालिका वडा नं १ मा रहेको जनचेतना माविको दुईकोठे पक्की भवनमा क्षेति पुगेको छ । पार्खल बगाएपछि विद्यालयको लाइब्रेरी रहेको भवन जोखिममा परेको छ । वडा नं १ का अध्यक्ष श्रेष्ठका अनुसार बोहरेदोभन सस्र्यूखर्क लामा गाउँ डाँडा गाउँ सडक खण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।

तेमाल गाउँपालिका वडा नं २ का अध्यक्ष तिमालसिं तामाङका अनुसार वडा नं २ मा २ वटा घर पहिरोले भत्किएका छन् । तामाङका अनुसार चुखाका शिरालाल तामाङको घर भत्किएको हो त्यस्तै वडा नं लामागाउँकै च्याङबा तामाङको घर पनि पहिरोले गर्दा रुख ढलेर क्षति पुगेका छन् ।
काभ्रेको भुम्लु गाउँपालिका वडा नं ६ कोलाँती भुल्लुमा रहेको पहरी वस्ती जोखिममा परेको छ । गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरका अनुसार ४५ घर जोखिममा परेको हो । मध्यपहाडी लोकमार्गका कारणले पहिरो गएपछि गाउँ जोखिममा परेको अध्यक्ष कुँवरले बताए ।

पहिरोले स्थानीय रामबहादुर कँडेल र सुकुकमाया पहरीको घर पुरेको छ । बस्ती जोखिममा परेपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्नेक्रम जारी रहेको स्थानीय लालकाजी पहरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ११ : २६ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको