२०८२, २४ कार्तिक सोमबार

हनुमन्ते र मनोहरा किनाराका बस्ती जोखिममा

हनुमन्ते र मनोहरा किनाराका बस्ती जोखिममा


मध्यपुरथिमि, १ असोज : दुई दिनदेखि परेको वर्षाका कारण यहाँको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीका कारण खोला किनारामा रहेको बस्ती जोखिममा परेको छ । मनोहरा खोलामा आएको बाढीका कारण मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित सुकुम्बासी बस्ती र त्यस आसपासका क्षेत्रका बस्ती डुबानमा पर्ने जोखिममा परेको छ ।

स्थानीय राम मगरले हिजोदेखि परेको पानीका कारण खोलाको बहाव बढेर बस्ती नजिक पुगेको बताउँदै पानी नरोकिए बस्तीमा पानी पसेर डुबानमा पर्ने बताउनुभयो । पानीको बहाव बढेपछि यहाँका बस्तीका बासिन्दा डरमा बसेको बताउँदै हरेक वर्ष बस्ती डुबानमा पर्ने समस्याबाट पीडित हुनुपरेको बताउनुभयो । बस्तीकी सावित्री कार्कीले रातभर पानी परेपछि खोलाको बाढी पस्ने डरले सुत्न नपाएको बताउँदै बालबालिकालाई काखी च्यापेर डरले बस्नुपरेको बताउनुभयो ।

मनोहरासँगै हनुमन्ते नदीमा आएको बाढीका कारण यहाँका बासिन्दा पनि डरमा बसेका छन् । हनमुन्ते नदीमा आएको बाढीले यसअघि पनि मध्यपुरथिमि राधेराधे, बालकोट, बाराहीस्थान, जगातीलगायतका क्षेत्र डुबानमा परेकाले अहिलेको पानीले पनि बस्तीमा बाढी पस्ने डर भएको यहाँका बासिन्दाले बताएका छन् । जगातीमा अरनिको राजमार्ग हिजोदेखि नै डुबानमा परेपछि साना गाडी दुर्घटनामा परेको छ । आज पनि यो क्षेत्र दिनभरि नै डुबानमा छ । क्षति भने भएको छैन । आवतजावतमा समस्या छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले खोलामा आएको बाढी बस्तीमा पसेर डुबानमा पार्ने जोखिम बढेकाले सर्तक रहन सबैमा आह्वान गरेको बताउनुभयो । उहाँले जिल्लाका सबै प्रहरी नियकालाई उच्च सतर्कतामा रहन निर्देशन दिएको र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीमार्फत सन्देश प्रवाह गरेको बताउनुभयो । सम्भावित दुर्घटनामा मध्यनजर गर्दै बाढी, पहिरो र डुबान भएमा तत्काल उद्धार एवं आवश्यक सहयोग गर्ने टोली तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ७ : २४ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य