२०८२, ९ मंसिर मंगलबार

‘सातै प्रदेशमा लागुऔषध पुनस्र्थापना केन्द्र स्थापना गरीने’

‘सातै प्रदेशमा लागुऔषध पुनस्र्थापना केन्द्र स्थापना गरीने’


प्रकाठमाडौँ, १ असोज  : हरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर रहेको बताउनुभएको छ । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्रको ‘२३औँ वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महानिरीक्षक खनालले लागुऔषध नियन्त्रणलाई नेपाल प्रहरी र सरकारले विशेष चासो दिएको बताउनुभयो ।

“लागुऔषध प्रयोगकर्ताको उपचारका लागि नेपाल प्रहरीले सातै प्रदेशमा पुनस्र्थापना केन्द्र स्थापना गर्न लागेको छ”, उहाँले भन्नुभयो । उहाँले कठिन परिस्थिति गुजारेर अघि बढेका केन्द्रमा उपचाररत् सदस्यले सकारात्मक सोच लिएर अघि बढेमा अब्बल नागरिक बनेर देशलाई योगदान पु¥याउन सक्ने बताउनुभयो ।

महानिरीक्षक खनालले बाटो बिराएर लागुऔषध दुव्यर्सनमा फसेका व्यक्तिलाई समाजमा पुनस्र्थापना गर्ने पवित्र कार्य गर्न केन्द्र तथा यसमा सहयोग गर्ने नागरिक समाजको योगदान विशिष्ट भएकाले लागुऔषध दुव्यर्सन हुने अन्य स्थानमा समेत केन्द्र स्थापना गर्न लागेको उल्लेख गर्नुभयो । नेपाल प्रहरी श्रीमती सङ्घले निःस्वार्थ रुपमा समाजसेवाको क्षेत्रमा काम गरेकाले सबै भएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रहरीका पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले लागुऔषध सेवनले व्यक्तिका साथसाथै समाज, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा असर पर्ने भएकाले यसको अन्त्य गर्नुपर्ने उल्लेख गर्नुभयो । मानवसेवाभन्दा ठूलो सेवा अरू केही सेवा नहुने भएकाले मानवसेवाको क्षेत्रमा तन, मन र कर्मले लाग्नुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागुऔषध नियन्त्रणमा स्थानीय तहले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । केन्द्रका अध्यक्ष एवम् नेपाल प्रहरी श्रीमती सङ्घ अध्यक्ष प्रमिला खनालले समाजमा दिनानुदिन लागुऔषध प्रयोगकर्ता बढ्दै गएको भन्दै यसलाई रोक्न राज्यका सबै नागरिकको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

विसं २०५४ मा स्थापना भएको सुधार केन्द्रले लागुऔषध प्रयोकर्ताको उपचार साथै परामर्श दिँदै आएको सङ्घकी सचिव बबिता पालले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रको विकासमा सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गरिएको थियो । सोही अवसरमा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।  रासस

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ६ : ४८ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा