२०८२, २६ फाल्गुन बुधबार

शिखर सम्मेलनमा बालविवाह अन्त्य गर्ने विषय उठान गर्न माग

शिखर सम्मेलनमा बालविवाह अन्त्य गर्ने विषय उठान गर्न माग


काठमाडौँ, १ असोज : बालविवाह अन्त्य गर्ने अभियानमा क्रियाशील रहेका विभिन्न १७ वटा गैरसरकारी सस्थाले दिगो विकाससम्बन्धी शिखर सम्मेलनमा बालविवाहको विषयलाई उठान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यही असोज ६ र ८ गते न्युयोर्कमा आयोजना हुने सो शिखर सम्मेलनमा नेपालले भाग लिँदैछ । दिगोे विकासका लक्ष्यलाई सन् २०३० भित्र हासिल गर्न बालविवाह अन्त्य गर्न जोड समेत दिइएको छ । ‘गल्र्स नट ब्रिड्स नेपाल’ नामक संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारको सो ध्यानाकर्षण गराइएको हो ।

नेपाल बालविवाहको दर उच्च रहेको मुलुकभित्र पर्दछ । दक्षिण एशियामा बङ्गलादेशपछि नेपाल बालविवाह हुनेमा दोस्रो स्थानमा रहेको छ । सन् २०१६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार १८ वर्ष नपुग्दै विवाह हुने ३९ प्रतिशत रहेको छ । मुलुकी अपराध संहिताले विवाहको उमेर २० वर्ष तोकेको छ । संविधानमा बालविवाहलाई बाल अधिकार हनन र दण्डनीय अपराधको रुपमा उल्लेख गरेको छ तर नेपालमा बालविवाह नरोकिएको आयोजक सस्थाले जनाएको छ । संयुक्त राष्ट्रसंघको सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न साधारणसभाले दिगो विकास लक्ष्य पारित गरेको थियो ।

शिक्षा, स्वास्थ्यलगायत विभिन्न १७ वटा लक्ष्यअन्तर्गत बालविवाह अन्त्यलाई विशेष जोड दिएको छ । सो लक्ष्यको ५।३ मा ‘बालविवाह, कम उमेरको विवाह, जवरजस्ती विवाह र महिलाको योनी छेदनजस्ता गलत र हानिकारक अभ्यासलाई विश्वबाट निर्मूल गर्ने’ उल्लेख गरिएको छ ।

आयोजक सस्थाका महासचिव आनन्द तामाङले दिगो विकास लक्ष्य हासिल गर्न सरकारले लगानी बढाउन र भएका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभयो । उहाँले अगामी शिखर सम्मेलनमा नेपालले बालविवाह अन्त्यसम्बन्धी विषयलाई जोडदार रुपमा उठान गर्न आग्रह गर्दै बालविवाह अन्त्यका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

शिखर सम्मेलनमा नेपालले सो विषयलाई उठान गर्दा बालविवाह अन्त्य गर्न थप लगानी जुट्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बालविवाह अन्त्य गर्ने नीतिगत र कानूनी व्यवस्था भए पनि व्यवहारिक रुपमा नेपालमा बालविवाहको समस्या बढ्दो रहेको छ । रासस

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ५ : ४५ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा