२०८३, २४ भाद्र बिहीबार

काभ्रेको खानीखोलामा विद्यालय भवन पुरियो, तेमालमा पर्खाल बगायाे

काभ्रेको खानीखोलामा विद्यालय भवन पुरियो, तेमालमा पर्खाल बगायाे


धुलिखेल १ असोज : अविरल वर्षासँगै आएको पहिराले काभ्रेको खानीखोला गाउँपालिका वडा नं ५ डुम्रेमा रहेको नेत्र ज्योति प्राथमिक विद्यालयको ३ कोठे पक्की भवन पुरेकाे छ।

पहिरोका कारण दुईवटा भवन मध्ये एउटा भवन पूर्णरुपमा क्षति भएको वडा अध्यक्ष दुर्गा तिमल्सीनाले बताए । यसैगरी घरमाथिबाट आएको पहिरोले स्थानीय टेकबहादुर सिङतानको घर पनि पुरिएको छ ।

मानवीय क्षति नभएपनि घर भित्र रहेको कुनै सामान निकाल्न नपाउदा सिङतानको परिवार समस्यामा परेकाे छ । अध्यक्ष तिमल्सीनाका अनुसार सिङतानको परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

यसैगरी काभ्रेको तेमाल गाउँपालिका वडा नं १ सस्र्यूखर्कमा रहेको जनचेतना माविको दुईकोठे पक्की भवनमा क्षति पुरर्याएको छ । पंचकन्या आधारभुत विद्यालयका प्रधानाध्याक रामप्रसाद पाण्डेका अनुसार विद्यालय भवनको पर्खाल पहिरोले बगाएपछि विद्यालयमा क्षति भएको हो ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ३ : १८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको