२०८२, २ माघ शुक्रबार

काभ्रेको खानीखोलामा विद्यालय भवन पुरियो, तेमालमा पर्खाल बगायाे

काभ्रेको खानीखोलामा विद्यालय भवन पुरियो, तेमालमा पर्खाल बगायाे


धुलिखेल १ असोज : अविरल वर्षासँगै आएको पहिराले काभ्रेको खानीखोला गाउँपालिका वडा नं ५ डुम्रेमा रहेको नेत्र ज्योति प्राथमिक विद्यालयको ३ कोठे पक्की भवन पुरेकाे छ।

पहिरोका कारण दुईवटा भवन मध्ये एउटा भवन पूर्णरुपमा क्षति भएको वडा अध्यक्ष दुर्गा तिमल्सीनाले बताए । यसैगरी घरमाथिबाट आएको पहिरोले स्थानीय टेकबहादुर सिङतानको घर पनि पुरिएको छ ।

मानवीय क्षति नभएपनि घर भित्र रहेको कुनै सामान निकाल्न नपाउदा सिङतानको परिवार समस्यामा परेकाे छ । अध्यक्ष तिमल्सीनाका अनुसार सिङतानको परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

यसैगरी काभ्रेको तेमाल गाउँपालिका वडा नं १ सस्र्यूखर्कमा रहेको जनचेतना माविको दुईकोठे पक्की भवनमा क्षति पुरर्याएको छ । पंचकन्या आधारभुत विद्यालयका प्रधानाध्याक रामप्रसाद पाण्डेका अनुसार विद्यालय भवनको पर्खाल पहिरोले बगाएपछि विद्यालयमा क्षति भएको हो ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ३ : १८ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति