बनेपा १ असोज : अविरल वर्षाका कारण काभ्रेको भुम्लु गाउँपालिका वडा नं ६ कोलाँती भुल्लुमा रहेको पहरी वस्ती जोखिममा परेकाे छ । स्थानीय लालकाजी पहरीका अनुसार ४५ घर जोखिममा परेकाे हाे ।
पहिरोले स्थानीय रामबहादुर कँडेल र सुकुकमाया पहरीको घर पुरेकाे छ । बस्ती जोखिममा परेपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्नेक्रम जारी रहेको स्थानीय लालकाजी पहरीले जनाए । बर्षा नराेकिएकाले जाेखिम बढ्न सक्ने भन्दै स्थानीय थप चिन्तित भएका छन ।
प्रतिक्रिया