२०८२, १८ श्रावण आईतबार

अविरल वर्षाका कारण अरनिको र बीपी राजमार्गमा पहिरो,यातायात ठप्प

अविरल वर्षाका कारण अरनिको र बीपी राजमार्गमा पहिरो,यातायात ठप्प


धुलिखेल १ असोज  : अविरल वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिरा जाँदा यातायात ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिरोका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो। “त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिराका कारण सडक भत्किएको र भासिएको छ”, उनले भने, “धेरै ठाउँमा सडक अवरुद्ध भएका कारण अहिले यातायातका साधन चल्न सकेका छैनन्।”

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलाघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ खुलाउनका लागि डोजर लगाएर खुलाउने प्रयास भइरहेको बताए। अविरलरूपमा परिरहेको वर्षाका कारण ठाउँ–ठाउँमा धेरै क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँ–ठाउँमा पहिराले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको छ।

यसैगरी काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत बिपी राजगर्माको ल्हासकोटमा वर्षाका कारण हिजो सडकमाथिबाट खसेको लेदोका कारण अवरोध भएको सडक गाउँपालिकाको पहलमा सञ्चालन भएको छ।

नमोबुद्ध नगरपालिका–५ ल्हासकोटमा सञ्चालित मनकामना एक्रिकेट क्रसर उद्योगले सडकमाथि भित्तामा थुपारेको डस्ट वर्षाका कारण बगेर सडक पुरिएर अवरुद्ध भएको र त्यसलाई सफा गर्ने काम निरन्तर जारी राखिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताए ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  १० : ५८ बजे

पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्र ढाँटलाइ प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन्

दुईवटा संसदीय समितको बैठक बस्दै, यस्तो छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानवीन सुरु

काठमाडौं । राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउन नेतृत्व गरेका पूर्व विशेष