२०८३, १६ बैशाख बिहीबार

प्रहरीमाथि कुटपिट गर्ने५ जना सरकारी कर्मचारीलाई सार्बजनिक मुद्धा

प्रहरीमाथि कुटपिट गर्ने५ जना सरकारी कर्मचारीलाई सार्बजनिक मुद्धा


प्रहरीमाथि हातपात गर्ने ५ जना सरकारी कर्माचारी विरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको छ ।

मेलामा माधक पदार्थ सेवन गरी होहल्ला गरी हिडेका युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रमुख प्रहरी सहायक निरिक्षक मानबहादुर चन्दलार्ई मरणसन्न हुने गरी कुटपिट गर्ने राष्ट्रिय बाणिज्य बैकमा कार्यरत अमृत्त बोहरा, केशब गिरी सरकारी वकील कार्यलयका कार्यलय सहयोगी हरिशंकर न्यौपाने, बडिमालिका नगरपालिकाका ओभरसियर गोरख थापा र मेरिस्टोप सेन्टरका अनमी धनी थापा विरुद्ध सार्बजनिक मुद्धा दर्ता गरिएको हो ।

जिल्ला प्रहरी बाजुरा का अनुसार चन्दको आँखा र शरिरमा चोट लागेको र अन्य प्रहरी जवानहरुको पनि शरिरमा चोट लागेको छ । घाईते प्रहरी सहायक निरिक्षक चन्दको गालाको दाहीने आखाको छेउपट्टीको भागकोे हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि नेपालगन्ज रिफर गरिएको जिल्ला अस्पताल बाजुराका डाक्टर टिकाराम राईले बताएका छन् ।

आइतबार  राती कुटपिट गर्ने सबै जनालाई सार्बजनिक शान्ती बिरुद्धको कसुर ऐन बमोजिम १० दिनको म्याद थप गरी मुद्धा दर्ता गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मेलामा मादक पदार्थ सेवन गरी मेला बिथाल्ने र होहल्ला गर्दै आएका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ७ : ४० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले