२०८२, २ माघ शुक्रबार

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’


काठमाडौं, असोज १: नेपालगन्ज विमानस्थलमा उड्डयानमन्त्री योगेश भट्टर्रामाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धरैले राखेका छन् । उनीहरुले भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टसहित दुई जनालाई सिल्क एयरले जहाजबाट निकालेको घटनालाई पनि सम्झिएका छन् ।

कम्तिमा तीन तहको सुरक्षा घेराभित्र रहेने वायुयानभित्र वा बाहिर सुरक्षा व्यवस्था बिगार्नेहरुका लागि २०१५ सालमा ल्याइएको सैरसैनिक हवाई उडान आकर्षित हुने गरेको छ । ‘यो ऐन पर्याप्त छैन तर सबैभन्दा धेरै आकर्षित हुने ऐनमा यही छ,’ नागरिक उड्डयान प्राधिकरणमा महानिर्देशक राजन पोखरेलले भने । यो ऐनले उडानमा रहेको जहाजभित्र हुन सक्ने हिंसात्मक गतिविधि, गैरकानुनी कब्जा, अपहरण र जहाज नष्ट आगजनीलगायतका अपराधलाई समेटेको छ । जहाजभित्र कुनै यात्रु वा कर्मचारीलाई दुव्र्यवहार वा मदिरा सेवन गरिएका विषयमा भने पर्याप्त व्याख्या छैन ।

हवाई सुरक्षाका जानकारी महानिर्देशक पोखरलले भने, ‘यो ऐनले धेरै कडा विषय समेटेको छ तर वायुयानभित्रको शान्ति सुरक्षा खलल पुगे के गर्नेबारे पर्याप्त छैन, थप व्यवस्था आवश्यक देखिन्छ ।’ यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ७ : ३९ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति