२०८३, २४ भाद्र बिहीबार

चिनियाँ स्टेट काउन्सिलर नेपाल आउँदै

चिनियाँ स्टेट काउन्सिलर नेपाल आउँदै


काठमाडौं, असोज १: चिनीयाँ राष्ट्रपति सी चिनपफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् । स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङ, विदेशमन्त्री वाङ यीलगायत हुनुहुन्छ । चिनीयाँ राष्ट्रपति सी जिन चिनफिङको नेपाल भ्रमण पूर्व चिनियाँ उच्च अधिकारीको भ्रमणले निरन्तरता पाएकोे छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै चिनियाँ स्टेट काउन्सिलर नेपाल आउन लागेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणमा चिनियाँ काउन्सिलर सोङ थाओ नेपाल आउन लागेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रवक्ता हू चाओ मिङले सोङ थाइल्याण्ड, इन्डिोनेसिया र नेपाल भ्रमणमा निस्केको अन्तर्राष्ट्रिय समाचार माध्यमलाई जानकारी दिएका छन् । यो समाचार नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ६ : ५८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको