२०८२, ९ मंसिर मंगलबार

हेलिकेप्टरबाट उद्धार गरिएकी ईन्द्रा बिक आर्थिक अभाबमा तड्पिदै

हेलिकेप्टरबाट उद्धार गरिएकी ईन्द्रा बिक आर्थिक अभाबमा तड्पिदै


अछामको कमलबजार नगरपालिका १ मुलीकी २० वर्षिया ईन्द्रा बिकलाई थप उपचारका लागि बयलपाटा अस्पताल बाट हेलिकेप्टर मार्फत नेपालगञ्ज लगिएको छ । अहिले उनि आर्थिक अभावमा नेपालगञ्ज मेडिकल कलेजमा तड्पिरहेकि छन् ।

आईसियुमा उपचार भइरहेको भएपनि दैनिक औषधि किन्न र आईसियुको खर्च ब्यबस्थापन गर्न समस्या भएको ईन्द्रका श्रीमान मनविर बिकले वताएका छन् ।
ईन्द्राको उपचारका लागि दैनिक ७ हजार भन्दा बढि खर्च लाग्ने गरेको छ । आईसियुको मात्र दैनिक ३ हजार तिर्ने गरेका छन् ।

अहिले सम्म त जेनतेन गरेको छु, शुरुमा त पैशा नहुँदा अस्पतालले भर्ना गर्न पनि आनाकानी गरेको थियो, चारै तिर गुहार गरेपछि भर्ना गरेर उपचार भइरहेको श्रीमान मनविरले वताए । अझै ५ दिन जति आईसियुमा राख्नुपर्ने भनेका छन्, पैशा एउटा पनि नभएर समस्या भएको उनले वताए ।
ईन्द्रा सात महिने गर्भवती छन्क । लगातार एक हप्ता देखि उनलाई ज्वरो आएको र शरिर भरी संक्रमण भएकाले बयलपाटा अस्पतालबाट थप उपचारका लागी नेपालगंञ्ज रेफर गरिएको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले बताए । आईसियुमा राखेर उपचार गर्नु पर्ने भयो, यहाँ सम्भब नभएपछि नेपालगञ्ज रिफर गरेको गौचनले वताए ।

बयलपाटा अस्पतालमा सम्भाबना नभएपछि उनलाई हेलिकप्टर मार्फत भदौ २८ नेपालगंञ्ज लगिएको थियो । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयको पहलमा नेपालगञ्जमा त पुयाइयो, अहिले पैशा नहुँदा उपचार समस्या भइरहेको डा। विकास गौचनले वताए । आफुले नेपालगञ्ज मेडिकल कलेजमा भनेर अहिले सम्म जेनतेन उपचार भइरहेको गौचनले थपे । ईन्द्राको श्रीमान मनविरले पैशाका लागि पहल गरिदिनका लागि आफुलाइ पटक पटक भनिरहेको उनले वताए । उता कमलबजार नगरपालिकाले १० हजार उपचार खर्च दिने भनिरहेको भएपनि ईन्द्राको विवाह दर्ता केही प्रमाण नभएकोले दिन नमिल्ने भन्दै आनाकानि गरिरहेको छ ।

आर्थिक अबस्था निकै कमजोर भएका मनवीरको परिवारले फलामका भाडा कराउने काम गरेर परिवार पाल्थे । सम्पत्तिको नाममा सानो छाप्रो घर भन्दा बाहेक नभएका मनवीरलाई आईसियुमा राखेर उपचार गर्नुपर्दा निकै समस्या भएको छ । मनविरले भने आमा र पेटमा रहेको बच्चालाई बचाईदिन आग्रह समेत गरेका छन् ।

बिकको उपचारका लागी बयलपाटा अस्पतालबाट आर्थिक संकलन गर्ने काम भईरहेको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले जानकारी वताए । साथै डाक्टर गौचनले आर्थिक सहयोगका लागी सबैलाई आग्रह समेत गरेका छन् ।डको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका १ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रकाश सिह

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ६ : ५१ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा