२०८३, ७ कार्तिक शनिबार

काभ्रेबाट आठ घण्टापछि हेलिकप्टर उडे

काभ्रेबाट आठ घण्टापछि हेलिकप्टर उडे


काठमाडौं, ३१ भदौ : मौसम खराबीका कारण यहाँ अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा आज बिहान आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडेका हुन् । लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा आज बिहान ८ बजे आकस्मिक रुपमा अवतरण गराइएको थियो ।

सिम्रिक एयरका दुई तथा मनाङ एयर र कैलाशको एयरको एक÷एक वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको हो । सिम्रिक एयरको एउटा हेलिकप्टर यहाँबाट केही घण्टामै काठमाडौँका लागि उडे पनि मौसममा सुधार नआएपछि पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आकस्मिक अवतरण गरिएको थियो ।

यस्तै मौसम खराबीकै कारण पाँचखालको ढुङ्गानाबेँसीका अवतरण गरिएको हेलिकप्टर साँझ काठमाडौँका लागि उडेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ९ : १७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना