२०८२, १८ मंसिर बिहीबार

जुम्ला बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

जुम्ला बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते


खलङ्गा, ३१ भदौ  कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जुम्लाको सिञ्जाबाट सदरमुकाम आउँदै गरेको ना१ख ७६६४ नंको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

कालीकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसलाई छक्याउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार घाइते हुनेमा मुगुको छायानाथ, रारा नगरपालिका–८ का ३० वर्षीया जुनमती रावत, सोही ठाउँकी ३२ वर्षीया लालदेवी रावत रहेका छन् ।

यस्तै अछामको ढकेरी गाउँपालिकाका ३५ वर्षीय डिल्ली भूल छन् भने जुम्लाको चन्दननाथ नगरपालिका–९ बस्ने छाया उपाध्याय र गर्भकन्या उपाध्याय रहेको प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो । टेलिफोन सम्पर्क हुन नसक्ने भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

घटनास्थलतर्फ प्रजिअ र प्रहरी निरीक्षकको टोली गएको र थप विवरण बुधबार आउने उहाँले बताउनुभयो । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन । रासस

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ९ : ०८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको