२०८२, १३ फाल्गुन बुधबार

अमेरिकासँग निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक

अमेरिकासँग निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक


प्योङयाङ, ३० भदौ   : प्रजातान्त्रिक जनगणतन्त्र कोरिया ( उत्तर कोरिया) ले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ ।

राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार संस्था ९केसीएनए० ले विदेश मन्त्रालय अन्तर्गत अमेरिकी मामिला विभागका महानिर्देशकलाई उद्धृत गरी भनेको छ, “अमेरिका–उत्तर कोरिया वार्ताका लागि कि त सम्बन्ध सुधार गर्ने कि तनावको सामना गर्ने दुई विकल्प रहेका छन् ।”

नाम उल्लेख नगर्ने शर्तमा एक उत्तर कोरियाली अधिकारीले भने, “निकट भविष्यमा हुन लागेको छलफल अमेरिका र उत्तर कोरियाबीचको आगामी बाटो तय गर्नका लागि निर्णायक हुने भएकाले प्योङ्याङले यसबीचमा गरिने पहलहरूलाई स्वागत गर्नेछ ।”

उनले भने “चेतावनी र तनावलाई अन्त्य गर्दै हाम्रो प्रणाली विकासको सुरक्षा र अवरूद्धताबारे देखिएका आशङ्कालाई हटाएर अघि बढेमा निशस्त्रीकरणबारे वार्ता र छलफललाई अघि बढाउन सकिन्छ ।”

यसै बर्षको फेव्रुअरीमा भियतनामको हनोईमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ अनबीचको शिखर सम्मेलनले निर्दिष्ट लक्ष्यमा नपुगेपछि अवरूद्ध बनेको वार्तापछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा थप प्रगति हुन सकेको छैन । रासस/सिन्ह्वा

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ७ : ५४ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको