२०८२, २ मंसिर मंगलबार

अमेरिकासँग निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक

अमेरिकासँग निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक


प्योङयाङ, ३० भदौ   : प्रजातान्त्रिक जनगणतन्त्र कोरिया ( उत्तर कोरिया) ले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ ।

राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार संस्था ९केसीएनए० ले विदेश मन्त्रालय अन्तर्गत अमेरिकी मामिला विभागका महानिर्देशकलाई उद्धृत गरी भनेको छ, “अमेरिका–उत्तर कोरिया वार्ताका लागि कि त सम्बन्ध सुधार गर्ने कि तनावको सामना गर्ने दुई विकल्प रहेका छन् ।”

नाम उल्लेख नगर्ने शर्तमा एक उत्तर कोरियाली अधिकारीले भने, “निकट भविष्यमा हुन लागेको छलफल अमेरिका र उत्तर कोरियाबीचको आगामी बाटो तय गर्नका लागि निर्णायक हुने भएकाले प्योङ्याङले यसबीचमा गरिने पहलहरूलाई स्वागत गर्नेछ ।”

उनले भने “चेतावनी र तनावलाई अन्त्य गर्दै हाम्रो प्रणाली विकासको सुरक्षा र अवरूद्धताबारे देखिएका आशङ्कालाई हटाएर अघि बढेमा निशस्त्रीकरणबारे वार्ता र छलफललाई अघि बढाउन सकिन्छ ।”

यसै बर्षको फेव्रुअरीमा भियतनामको हनोईमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ अनबीचको शिखर सम्मेलनले निर्दिष्ट लक्ष्यमा नपुगेपछि अवरूद्ध बनेको वार्तापछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा थप प्रगति हुन सकेको छैन । रासस/सिन्ह्वा

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ७ : ५४ बजे

पौडेलको चेतावनी “भदौ २३–२४ का घटना देशलाई प्रतिगमनतर्फ धकेले”

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भदौ २३

एमाले केन्द्रीय संगठन विभागको बैठक आज च्यासलमा सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक आज च्यासलस्थित

जनहित माविको ३१औँ वार्षिकोत्सव सम्पन्न, समाजसेवी लामाद्वारा विद्यालयलाई आर्थिक सहयोग

काभ्रे। खानीखोला गाउँपालिका-७ मा अवस्थित जनहित माध्यमिक विद्यालयले आफ्नो ३१औँ

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा