२०८२, ९ मंसिर मंगलबार

सांसद बस्नेतको राम्रो काम ‘आफैँ टोलटोलमा औषधि छर्कदै’

सांसद बस्नेतको राम्रो काम ‘आफैँ टोलटोलमा औषधि छर्कदै’


मध्यपुरथिमि, ३० भदौ :  मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ ।

‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि र उपकरण हस्तान्तरण गर्दै डेङ्गु नियन्त्रणमा सरकारको मात्रै मुख ताक्न नहुने बताउनुभयो ।

कार्यक्रम संयोजक तथा नेपाली चलिचित्रका निर्देशक मदन घिमिरेले कमेरोटार क्षेत्रका छ टोल सुधार समितिलाई डेङ्गु नियन्त्रणका लागि मट्टीतेल, फिनेल र उपकरण वितरण गरिएको र सांसद बस्नेत आफैँ पनि टोल टोलमा औषधि छर्कनाका साथै जनचेतना फैलाउने कामसमेत गर्नुभएको बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ५ : २२ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा