२०८२, २६ कार्तिक बुधबार

मन्त्रालयको मनोमानी सहसचिव बरन्डामा उपसचिवलाई मस्ती

मन्त्रालयको मनोमानी सहसचिव बरन्डामा उपसचिवलाई मस्ती


काठमाडौं, भदौ ३०: शिक्षा मन्त्रालयका सिनियर सहसचिवलाई कामविहीन बनाउँदै उपसचिवलाई जिम्मेवारी तोकिएको छ। शिक्षा मन्त्रालयले सहसचिव प्रमुख रहने पाँच स्थानमा उपसचिवलाई जिम्मेवारी दिँदा सहसचिवहरू केबल मन्त्रालयको बरन्डा घुमेर फर्किने गरेका छन्।

मन्त्रालयमा कामविहीन सहसचिवलाई व्यवस्थापन गर्ने विषयमा मन्त्रीले चासो लिएका छैनन् । अहिले मन्त्रालयको बरन्डामा हाजिर गर्ने सहसचिवलाई भन्दा विभिन्न निकायमा प्रमुख पदमा काम गर्ने उपसचिवलाई मस्ती छ।

मन्त्रालयका अनुसार शिक्षाका सहसचिवको दरबन्दी रहेको भाषा आयोगको सचिवमा उपसचिव लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा उपसचिव चन्द्रकान्त भुसाल, शिक्षक किताबखानाको महानिर्देशकमा दिनेश श्रेष्ठ, राष्ट्रिय युवा परिषद्को सदस्य सचिवमा डा. बाबुराम ढुंगाना र शिक्षाका लागि खाद्य कार्यक्रमको निर्देशकमा उपसचिव डा. भोजराज काफ्लेलाई जिम्मा दिइएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ७ : ३२ बजे

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि

उज्यालो नेपाल पार्टी’मा डाक्टर-इञ्जिनियरको भीड : कुलमान घिसिङको टोली सार्वजनिक

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान