२०८३, ८ कार्तिक आईतबार

पारसबिरुद्ध हस्ताक्षर बुझाएको बदला लिन पर्यटनमन्त्री भट्टराईमाथि बिमानभित्रै हमला

पारसबिरुद्ध हस्ताक्षर बुझाएको बदला लिन पर्यटनमन्त्री भट्टराईमाथि बिमानभित्रै हमला


काठमाण्डौँ २९ भदौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा विमानभित्रै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेका एक समूहले गालीगलौज र दुब्र्यवहार गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै ‘मन्त्रीलाई राम धुलाई’ गरेको भन्दै प्रचारसमेत गरेका थिए ।

युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई अपशब्द प्रयोग गर्दै भिडियो खिचेका थिए । पर्यटनमन्त्री भट्टराईले भने आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढिलो भएको भन्दै यात्रुलाई असुविधाप्रति क्षमायाचना गरेका छन । उनले सामाजिक सञ्जालमा मार्फत क्षमायाचना गरेका हुन् ।

मन्त्रीका भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार मन्त्री भट्टराई शनिबार डलफिन महोत्सव कार्यक्रमका लागि कैलालीको टिकापुर पुगेका थिए । मन्त्री भट्टराईको शनिबार नै धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्वनिधारित तालिका थियो । तर, कैलालीको टिकापुरमा कार्यक्रम ढिलो भएपछि धनगढीको अन्तिम उडानबाट फर्किन सम्भव भएन ।

आज आइतबार प्रतिनिधिसभामा मन्त्रालयको बारेमा संसदहरुको उत्तर दिनुपर्ने कार्यतालिका रहेको कारण मन्त्रीलाई शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाब थियो । त्यही कारण मन्त्री बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन धनगढीबाट नेपालगञ्ज जानुभयो । करिब ६: ३५ मा यात्रुहरुको बोर्डिङ्ग भएको थियो । यात्रुहरुभन्दा १५ मिनेट ढिला गरी करिब ६ः५० तिर मन्त्री विमानस्थल पुग्नुभयो ।

‘जहाज साढे ६ बजे नेपालगञ्ज ल्यान्ड भएको थियो। एयरलाइन्सका कर्मचारीहरूले हामीलाई त्यही सूचना दिएका थिए। मन्त्रीज्यूले हामीलाई जहाज छुटे होटलमै बसौंला भनिरहनुभएको थियो। हामी विमानस्थल पुग्दा ६ः५० भएको थियो। त्यसपछि जहाज उडेको हो,’ मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जनताटाइम्ससँग भन्नुभयो । नेपालगञ्ज विमानस्थल पुग्ने बित्तिकै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको तीन चार जनाको समूहले तिव्र हो–हल्ला गरेका थिए । त्यो टोली मध्येका एकजनाले ‘पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै अपशब्द प्रयोग गरेका थिए । उनीहरुले विमानमा नै मन्त्रीलाई ‘अब देखाइदिने’ चुनौती समेत दिएका थिए ।

यात्रुहरुका अनुसार ज्ञानेन्द्र शाही लगायत उनका समुहले ‘हामी त्यसै छोड्दैनौं’ भन्दै अपशब्द प्रयोग गरेका थिए । ज्ञानेन्द्र शाही लगायतका समूह पनि त्यही विमानबाट काठमाडौं फर्किन्दै थिए । मन्त्रीले विमानमा शाहीको उत्तेजित समूहलाई कुनै उत्तर दिनुभएन । गाली गलौज गरीरहदा समेत हाँसेरै बस्नुभयो । प्रहरीका अनुसार शाहीकै एक जना सहयोगीले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको थिए ।शाहीको समूह नेपालगञ्जमा एक बिरोधसभा गर्न पुगेका थिए । त्यो सभामा पनि शाहीले सरकार र गणतन्त्रको तिव्र बिरोध गरेका थिए । विमानमा समेत ज्ञानेन्द्र शाहीले मन्त्रीलाई दुव्र्यवहारका लागि अन्य यात्रुहरुलाई समेत हौसाएका थिए ।

शाहीले पछिल्लो समयमा सरकार, गणतन्त्र संघीयता र धर्म्निरपेक्षताको तिब्र बिरोध गर्दै आएका छन् । शाहीले गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई ‘दलाल र कुकुर’ गाली गरेका थिए । उनी साइबर अपराधमा जेठ १५ गते सुर्खेतबाट समातिएका थिए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्डलाई जेल हाल्ने धम्की दिदै आएका छन् ।

प्रकाशित मिति : २०७६, २९ भाद्र आईतबार  १२ : ५६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना