२०८२, १८ श्रावण आईतबार

बढ्यो बाल हिंसा, बलात्कारपछि जलाएर हत्या

बढ्यो बाल हिंसा, बलात्कारपछि जलाएर हत्या


जनकपुरधाम, भदौ २९: बालबालिका असुरक्षित छन्। दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन्। यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । आव ०७५/७६ मा प्रदेश २ मा चार सय ४७ वटा बाल हिंसाका घटना भएको प्रहरी तथ्यांक छ। ०७४/७५ मा बाल हिंसाका तीन सय ६४ वटा घटना प्रहरीमा दर्ता भएका थिए।

मिथिला नगरपालिका ढल्केबर–६ का अढाई वर्षीय आर्यन साहलाई वैशाख २३ गते छिमेकी शत्रुधन महतोले अपहरण गरी बन्धक बनाए। आमा खोज्दै रोइरहेका आर्यनलाई अपहरणकारीले भैंसीको दूध खुवाएर सुताए। शक्तिशाली धामी बन्ने अन्धविश्वासका कारण मध्यरातमा बालकको ‘चमेनी माई’ लाई बलि चढाए। शव घरपछाडिको बगैंचामा फाले। आर्यन हत्याको दुई सातापछि शत्रुधन पक्राउ परे। घटनाका योजनाकार मिथिला नगरपालिका–८ कुसुमबिछौनाका जंगवीर महतो पनि पक्राउ परे।

हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिका रेश्मा रसाइलीको २०७५ फागुन २ मा बलात्कारपछि जलाएर हत्या गरियो। १ गते छिमेकीको छोरीको विवाह भोजको निम्तो थियो रेश्मा परिवारलाई । उनी परिवारका साथ भोज खान गएकी थिइन्। अरू फर्केर घर आए। उनी नाचगानमा रमाइरहेकी थिइन्। लाइन झ्यापै गएर अँध्यारो भयो। त्यसको मौका छोप्दै विवाहमा मामाघर आएका बटेश्वर गाउँपालिका–४ का २२ वर्षीय निरज जर्घामगरले बालिकालाई फ्रुटी किनिदिने भन्दै पसलतिर लगे।

प्रकाशित मिति : २०७६, २९ भाद्र आईतबार  ६ : ४५ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन