२०८२, २९ चैत्र सोमबार

बढ्यो बाल हिंसा, बलात्कारपछि जलाएर हत्या

बढ्यो बाल हिंसा, बलात्कारपछि जलाएर हत्या


जनकपुरधाम, भदौ २९: बालबालिका असुरक्षित छन्। दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन्। यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । आव ०७५/७६ मा प्रदेश २ मा चार सय ४७ वटा बाल हिंसाका घटना भएको प्रहरी तथ्यांक छ। ०७४/७५ मा बाल हिंसाका तीन सय ६४ वटा घटना प्रहरीमा दर्ता भएका थिए।

मिथिला नगरपालिका ढल्केबर–६ का अढाई वर्षीय आर्यन साहलाई वैशाख २३ गते छिमेकी शत्रुधन महतोले अपहरण गरी बन्धक बनाए। आमा खोज्दै रोइरहेका आर्यनलाई अपहरणकारीले भैंसीको दूध खुवाएर सुताए। शक्तिशाली धामी बन्ने अन्धविश्वासका कारण मध्यरातमा बालकको ‘चमेनी माई’ लाई बलि चढाए। शव घरपछाडिको बगैंचामा फाले। आर्यन हत्याको दुई सातापछि शत्रुधन पक्राउ परे। घटनाका योजनाकार मिथिला नगरपालिका–८ कुसुमबिछौनाका जंगवीर महतो पनि पक्राउ परे।

हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिका रेश्मा रसाइलीको २०७५ फागुन २ मा बलात्कारपछि जलाएर हत्या गरियो। १ गते छिमेकीको छोरीको विवाह भोजको निम्तो थियो रेश्मा परिवारलाई । उनी परिवारका साथ भोज खान गएकी थिइन्। अरू फर्केर घर आए। उनी नाचगानमा रमाइरहेकी थिइन्। लाइन झ्यापै गएर अँध्यारो भयो। त्यसको मौका छोप्दै विवाहमा मामाघर आएका बटेश्वर गाउँपालिका–४ का २२ वर्षीय निरज जर्घामगरले बालिकालाई फ्रुटी किनिदिने भन्दै पसलतिर लगे।

प्रकाशित मिति : २०७६, २९ भाद्र आईतबार  ६ : ४५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४