२०८२, १८ श्रावण आईतबार

बाल हितकारी पुरस्कार नैमिषारण्य –संस्कृत–गुरुकुलम्लाई

बाल हितकारी पुरस्कार नैमिषारण्य –संस्कृत–गुरुकुलम्लाई


बनेपा २७ भदौ : काभ्रेको बनेपामा रहेको नैमिषारण्य–संस्कृत–गुरुकुलम्लाई बाल हितकारी पुरस्कार प्रदान गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले आफ्नो ५७ औँ वार्षिकोत्सवको अवसर पारेर यस वर्षको बाल हितकारी पुरस्कार सहित नैमिषारण्य–संस्कृत–गुरुकुलम्लाई सम्मान गरेको हो ।

गुरुकुलममा संस्कृत अध्ययन गर्ने बटुकहरुलाई आधार मानी गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिलाई पचहत्तर हजार पुरस्कार सहित सम्मान गरेको नैमिषारण्य क्षेत्र विकास समितिका सचिव पदमनाथ ढुङ्गानाले बताए ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसनको केन्द्रिय कार्यलय कालिमाटीमा भएको कार्यक्रममा नैमिषारण्य क्षेत्रका अध्यक्ष मुकुन्दप्रसाद उपाध्याय, संरक्षक डा. चिन्तामणि योगी, उपाध्यक्ष श्री सुदर्शन आचार्य, सचिव पदमनाथ ढुङ्गाना, प्राचार्य श्री दिव्यमणि अधिकारी, गुरुकुलका फणीन्द्रराज अधिकारी र उद्धवप्रसाद तिमल्सिना त्यस्तै नैमिषारण्य बाल समूहका अध्यक्ष श्री नारायण आचार्यको पनि उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग तथा आपूर्ति व्यवस्था मन्त्रि माननीय मातृका यादवले नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष श्री मुकुन्दप्रसाद उपाध्यायलाई पुरस्कार हस्तान्तरण गर्नुभएको नैमिषारण्य संस्कृत गुरुकुलमका आचार्य पुरुषोतम रिजालले बताएका छन् ।

प्रकाशित मिति : २०७६, २८ भाद्र शनिबार  १२ : ०४ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन