२०८२, २६ फाल्गुन बुधबार

बाल हितकारी पुरस्कार नैमिषारण्य –संस्कृत–गुरुकुलम्लाई

बाल हितकारी पुरस्कार नैमिषारण्य –संस्कृत–गुरुकुलम्लाई


बनेपा २७ भदौ : काभ्रेको बनेपामा रहेको नैमिषारण्य–संस्कृत–गुरुकुलम्लाई बाल हितकारी पुरस्कार प्रदान गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले आफ्नो ५७ औँ वार्षिकोत्सवको अवसर पारेर यस वर्षको बाल हितकारी पुरस्कार सहित नैमिषारण्य–संस्कृत–गुरुकुलम्लाई सम्मान गरेको हो ।

गुरुकुलममा संस्कृत अध्ययन गर्ने बटुकहरुलाई आधार मानी गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिलाई पचहत्तर हजार पुरस्कार सहित सम्मान गरेको नैमिषारण्य क्षेत्र विकास समितिका सचिव पदमनाथ ढुङ्गानाले बताए ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसनको केन्द्रिय कार्यलय कालिमाटीमा भएको कार्यक्रममा नैमिषारण्य क्षेत्रका अध्यक्ष मुकुन्दप्रसाद उपाध्याय, संरक्षक डा. चिन्तामणि योगी, उपाध्यक्ष श्री सुदर्शन आचार्य, सचिव पदमनाथ ढुङ्गाना, प्राचार्य श्री दिव्यमणि अधिकारी, गुरुकुलका फणीन्द्रराज अधिकारी र उद्धवप्रसाद तिमल्सिना त्यस्तै नैमिषारण्य बाल समूहका अध्यक्ष श्री नारायण आचार्यको पनि उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग तथा आपूर्ति व्यवस्था मन्त्रि माननीय मातृका यादवले नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष श्री मुकुन्दप्रसाद उपाध्यायलाई पुरस्कार हस्तान्तरण गर्नुभएको नैमिषारण्य संस्कृत गुरुकुलमका आचार्य पुरुषोतम रिजालले बताएका छन् ।

प्रकाशित मिति : २०७६, २८ भाद्र शनिबार  १२ : ०४ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा