२०८३, २४ भाद्र बिहीबार

बक्यौता नतिर्नेलाई नै विमानस्थलमा पुनः ठेक्का

बक्यौता नतिर्नेलाई नै विमानस्थलमा पुनः ठेक्का


काठमाडौं, २८ भदाै : नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरपोर्ट कनेक्सन प्रविधि क्युट (कमन युजर टर्मिनल इक्युभमेन्ट) सिस्टमको जिम्मेवारी २५ करोड बक्यौता नबुझाउने विदेशी कम्पनी ‘सिटा’ लाई नै दिने भएको छ । उक्त कम्पनीको सात वर्षदेखिको ठेक्का सम्झौता शनिबारदेखि सकिँदै छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्राधिकरणको बोर्ड बैठकबाट औपचारिक निर्णय हुनेछ । ठेक्का समयावधि नसकिँदै ७ महिनादेखि एक वर्षसम्म थप्ने तयारी छ । सिटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई भदौसम्म बुझाउनुपर्ने जरिवानासहितको बक्यौता मात्रै २५ करोड हाराहारी छ । यो रकम नबुझाउँदै पुनः जिम्मेवारी पाएको हो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिलाई विमानस्थल व्यवस्थापनले बुझाएको पुस मसान्तसम्मको बक्यौता प्रतिवेदनअनुसार सिटाले त्यसबेलासम्म बुझाउनुपर्ने रकम २३ करोड ७८ लाख ५१ हजार थियो ।

विमानस्थलका अधिकारीहरूले सिटालाई बारम्बार पत्राचार भइरहेको भए पनि बक्यौता नउठेको जानकारी समितिलाई गराएका छन् । ‘सिटाले ७ वर्षअघिको सम्झौतापत्रका छिद्रमा टेकेर तीन वर्षको म्याद थप माग गरिरहेको छ,’ स्रोतले भन्यो, ‘तर यसलाई विमानस्थल व्यवस्थापनले ७ महिनादेखि एक वर्षसम्मको म्याद थप्ने निर्णय गर्दै हाललाई क्युटको काम यसै कम्पनीलाई पुनः निरन्तरता दिने निर्णय गरिसकेको छ ।’ विमानस्थलका तत्कालीन महाप्रबन्धक दिनेश श्रेष्ठसँग गरिएको सम्झौता र सिटाले बुझाएको टेन्डरपत्रमा थुप्रै विषय बाझिएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २०७६, २८ भाद्र शनिबार  ६ : ४५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको