२०८३, ३० श्रावण आईतबार

जन्मदिनमा साथीहरुलाई स्टेशनरी उपहार

जन्मदिनमा साथीहरुलाई स्टेशनरी उपहार


बेथानचोक २८ भदौ  : काभ्रेको बेथानचोक गाउँपालिका वडा ३ की एक छात्राले जन्म दिनको उपलक्षमा साथीहरुलाई स्टेशनरी सामाग्री वितराण गरेकी छन् ।

बेथानचोक गाउँपालिका वडा नं २ ढुङखर्कमा रहेको पार्वती मावि कक्षा ९ मा अध्ययनरत दिपिका तिमल्सीनाले आफ्नै विद्यालयमा अध्ययनरत बाल कक्षा देखि ५ कक्षा सम्मका साथीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकी हुन ।

तिमल्सिनाले आफ्नो जन्मदिन विद्यालयमै भाइ बहिनीहरुलाई स्टेशनरी वितरण गरी मनाउने बताएपछि विद्यालयले कार्यक्रमको आयोजना गरेका थिए । उनको जन्म दिन मनाउन उनका पिता मोहनकृष्ण तिमल्सिना तथा माता रञ्जना तिमल्सिनाले आवश्यक खर्च जुटाइदिएका थिए ।
तिमल्सिनाले आफुलाई अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई समेत डायरी वितारण गरिएको पिता मोहनकुष्ण तिमल्सीनाले बताए ।कार्यक्रममा प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा, पार्वती बहुमखी क्याम्पस प्रमुख प्रताप कार्की, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बलराम अधिकारी लगायत विद्यालयका सबै शिक्षकहरुको उपस्थिति थिए ।

कार्यक्रममा दिपिकाले  १ सय ८० विद्यार्थीहरुका लागि कापी, डडपेन,सिसाकलम तथा शिक्षकका लागि दैनिक पाठयोजना निर्माणका लागि भन्दै डायरी तथा कलम वितरण गरेकी थिइन ।

यो सबै छोरीको इच्छा अनुसार नै गरेको हो, साना भाईबहिनीहरुको पढाइमा सहयोग पुगोस भन्ने उसको चाहना अनुसार करिब ४० हजारको स्टेसनरी सामग्री जुटाई दिएको उनका बाबु मोहनकृष्ण तिमल्सिनाले बताए ।

त्यसै गरि उनकी आमा रञ्जना तिमल्सिना भन्छिन छोरी आफूपनि पढाइमा मेहनती छिन । र उनको अरुको पढाइमा पनि सहयोग गर्दा खुशी हुने गर्छिन । हरेक जन्म दिन उनको यसै गरी मानाउने चाहना छ । त्यस अनुसार नै हामीले यो कार्यक्रम आयोजना गरेका हौ ।

विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मा छात्रा दिपिकाको प्रशंसा गर्दै भन्छन् मेहनती र लगनशिल छात्रा दिपिकाको यो कार्य सह्रानीय छ । सानै उमेरमा समाजसेवाको भावना भएकी उनलाई अरुका लागि पनि आर्दश छात्राको रुपमा लिनुपर्छ । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक दामोदर सुवेदीले गरेका थिए ।

यो दिपिकाको १४ औ जन्म वर्ष हो । यस अघि पनि उनले बेथानचोक नारायण आधारभूत विद्यालयमा पढने विद्यार्थीहरुका लागि स्टेसनरी वितरण गरेकी थिइन ।

प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार  ९ : ५५ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका