२०८३, ८ कार्तिक आईतबार

सरकार निर्माणको महाअभियानमा व्यस्त : मन्त्री बाँस्कोटा

सरकार निर्माणको महाअभियानमा व्यस्त : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २७ भदौ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सरकार देश निर्माणको महाअभियानमा व्यस्त रहेको बताउनुभएको छ । आज पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ तथा कुशादेवी माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्तीर्णलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार गत वर्ष बनाएका योजना सञ्चालनमा व्यस्त रहेको र यस वर्षदेखि सरकारले नतिजा दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी देश निर्माणको महाअभियानमा छौँ, त्यस कारण पनि अब सरकारको कामको नतिजा देखिँदै जानेछन् ।” मन्त्री बाँस्कोटाले कुनै पनि देश एकैपटक, एकै वर्षमा नबनेको उल्लेख गर्दै सरकारले छोटो समयमा हालै मात्र योजना सम्पन्न भएको उदाहरण ‘पाइपलाइन तेल’ आयातलाई लिन आग्रह गर्नुभयो । “गत वर्ष बनाइएका योजनाअनुरुप यस वर्ष क्रमैसँग ठूला–ठूला योजना कार्यान्वयन हुँदै जानेछन्, केही योजनाको प्रतिफल यसै वर्ष पनि देखिनेछ”, उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले वर्तमान सरकार अरुजस्तो ‘ढटुवा’ सरकार नभएको दाबी गर्नुभयो । “हामी जे बोल्छौँ, त्यही गर्छौैं, हामीलाई कसैको आलोचनाले हाम्रो महाअभियानमा फरक पर्दैन”, उहाँले भन्नुभयो । सरकारको सङ्कल्प ‘विकासदेखि विकाससम्म’ मात्रै भएको उल्लेख गर्दै सरकारको कामप्रति उत्साहजनक प्रतिक्रिया आइरहेको उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा जनताले औँला ठड्याउने अवस्था सिर्जना नगर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारको महाअभियानमा तपाईहरुको पनि साथ चाहिन्छ, सरकार विकास निर्माणमा थाक्दैन र आराम पनि गर्दैन ।” मन्त्री बाँस्कोटाले गौरवका अन्य योजनामा नवलपरासीमा फलाम उद्योग स्थापना हुँदै गरेको, नेपालमा पट्रोलियम खानी एवं उत्पादनका लागि अन्वेषण परीक्षण गर्न विदेश पठाइएको र रु एक खर्ब १० अर्बको लगानीमा सुनकोशी नदीमा विद्युत् उत्पादनका लागि अध्ययन भइरहेको बताउनुभयो । साथै, उहाँले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड केही समयमै छ लेनको निर्माण शुरु हुने र सम्पन्न भएपछि धुलिखेलदेखि चार लेनको बनाउन थालिने बताउनुभययो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य वसुन्धरा हुमागार्इंले जनप्रतिनिधिले निर्वाचनका वाचा पूरा गर्दै गएकाले आउँदो निर्वाचनमा जनताले आफैँ थप योजना दिने अवस्था सिर्जना हुने दाबी गर्नुभयो । प्रदेश नं ३ स्थित पूर्वाधार विकास कार्यालयको रु ३३ करोड ८३ लाखको लागतमा स्तरोन्नति हुने उक्त १६ किलोमिटर सडक आउँदो विसं २०७७ फागुन महीनामा सक्नुपर्ने सम्झौता गरिएको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले आजै पाँचखाल नपा–१० बेलामा जिल्ला कार्यान्वयन एकाइ, नपा कार्यालयलगायत संस्थाको रु ३० लाखमा निर्माण सम्पन्न चार कोठे नवनिर्मित विद्यालय भवनको उद्घाटन एवं एसइई परीक्षामा उत्तीर्णलाई आयोजित सम्मान समारोहलाई सम्बोधन गर्दै शिक्षालाई समाज, रोजगार, अर्थतन्त्र, उत्पादन र प्रविधिमुखी बनाइँदै लगिने बताउनुभयो । मन्त्री बाँस्कोटाले आजै धुलिखेल नपा–२ पदालीमा ठाडोखोला खानेपानी आयोजना ‘एक घर एक धारा’ उद्घाटन तथा वैकल्पिक मार्गका रुपमा रविओपी–पाँचखाल सडक स्तरोन्नति एवं पक्की कार्यको शिलान्यास गर्नुययो । रासस

प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार  ७ : ५२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना