२०८३, ३० भाद्र बुधबार

जीप पुरिँदा एकको मृत्यु,चार जना घाइते

जीप पुरिँदा एकको मृत्यु,चार जना घाइते


रामपुर, २७ भदौ: पाल्पामा पहिरो झरेर जीप पुरिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नं को जीप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नं को स्कारपियो पहिराले पुरिएका हुन् ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २६ वर्षीय कमल परियार रहेको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । सो दुर्घटनामा तिलोत्तमा–२ का ३१ वर्षीय ललित मल्ल र वडा नं ९ का २२ वर्षीय प्रेम सुनार, बुटवल उपमहानगरपालिका–२ का २० वर्षीय मिलन शाह तथा वडा नं १२ का नरेन्द्र हमाल घाइते भएका छन् । पहिरो हटाइएपछि अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार  ६ : ३० बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला