२०८३, २४ भाद्र बिहीबार

बहाना–नेटै चलेनः ‘स्मार्ट’ मालपोतमा एक घण्टाको काम सक्न चार दिन

बहाना–नेटै चलेनः ‘स्मार्ट’ मालपोतमा एक घण्टाको काम सक्न चार दिन


काठमाडौं, भदौ २६ :चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन ।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम सक्न चार दिनसम्म लाग्न थालेको छ ।

इलामको सूर्योदय मालुमका जीवन नेपालले मालपोतको सेवा पहिलेभन्दा ढिलोजस्तो लागेको बताए । उनका अनुसार कहिले इन्टरनेटले त कहिले विद्युत्ले काम नगरेको भन्दै कर्मचारीले ढिलाइ गर्छन् ।

रजिस्टे«सनको कामले गति लिए पनि सेवाप्रवाहमा ढिलाइ भएको सेवाग्राहीको गुनासो छ । डिजिटल रजिस्टे«सन सुरु भएपछि विगतमा एक दिनमा हुने काम तीन दिनमा बनेको चौबिसे गाउँपालिकाका सुरेन्द्र चेम्जोङले बताए । इन्टरनेट र अन्य प्रविधिको समस्या देखाएर कर्मचारीले काम अड्काएर रकम लिने गरेको सेवाग्राहीको गुनासो छ । यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।

प्रकाशित मिति : २०७६, २६ भाद्र बिहीबार  ७ : १४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको