२०८३, २१ आश्विन बिहीबार

काभ्रेको विकास निर्माणका लागि सांसद नविनाको रणनीतिक योजना

काभ्रेको विकास निर्माणका लागि सांसद नविनाको रणनीतिक योजना


धुलिखेल २५ भदौँ : विकासको हिसाबले निकै पछिपरेका काभ्रे जिल्लाको विभिन्न क्षेत्रको समग्र विकास निर्माणका लागि संघीय सांसद नविना लामाले रणनीतिक योजना (Dream plan) बनाउन थालेकी छन् ।

सांसद लामाले काभ्रे संघीय निर्वाचन क्षेत्र नंं १ को विकास निर्माणका लागि गुरुयोजना बनाउन त्यस क्षेत्रमा रहेका भिविन्न सरोकारवालाहरुसँग भेटघाट तथा छलफल थालेकी हुन । जिल्लाको डाँडापारीपारी क्षेत्रको खानीखोला देखि महाभारतसम्म र रोशी, सुनकोशी हुदैँ कोशीपारीसम्मको क्षेत्रलाई समेटेर विकास निर्माणको नयाँ अवधारण सहितको गुरु योजना निर्माण गर्न आवश्यक रहेको सांसद लामाले बताइन् ।

सांसद लामाले धुलिखेलमा त्यसक्षेत्रका सरोकारवालाहरुलाई भेला गराएर विकासको मोडालिटीका बारे एक अन्तक्रिया कार्यक्रम सम्पन्न गराइसकेकी छन् । ‘त्यस क्षेत्रको समग्र विकासमा लामो समयदेखि सहभागि हुदैँ आएका विभिन्न ब्यक्तिहरुसँग बसेर छलफल गरेको हुँ, सांसद लामाले भनिन् ‘यो छलफलबाट आएको राय, सल्लाह र सुझावलाई त्यहिको माटो र परिवेश सुहाउँदो ढंगले विकास निर्माणको गविधिका लागि ठोस कार्ययोजना बनाउने छु ।’

सांसद लामाको अगुवाईमा भएको छलफलमा शिक्षक, विद्यार्थी, नेता, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागि थियो । सांसद लामाले यस क्षेत्रको विकास निर्माणका लागि विज्ञ सहितको टोलीले थप अध्ययन गरेर विकास निर्माणका प्राथमिकता निर्धाण गर्ने बताइन् । ‘छलफलबाट धेरै कुरा आएका छन । अब त्यसलाई मुर्तरुप दिन एक विज्ञ टोली गठन गरेरै सम्भाब्यता अध्ययन गरिनेछ, सांसद लामाले भनिन् ‘विकास निर्माणमा पछिपरेका क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन आवश्यक छ । गाउँको विकास नगरेसम्म राष्ट्रले मुहार फेर्न सक्दैन ।’

सांसद लामाले नमोबुद्धमा विद्यार्थी शहिद पार्क, महाभारतमा जडिबुटि प्रशोधन केन्द्र स्थापना देखि जनयुद्धका सहिदहरुको स्मारक निर्माणसम्मका योजना बनाएकी छन । रोशी र सुनकोशी आसपासको क्षेत्रलाई कृषि ‘हव’ का रुपमा विकास गर्ने योजना सांसद लामाले सुनाइन् । त्यस्तै तामाङ समुदायको ऐतिहासिक थलो तेमालमा अन्तर्राष्ट्रिय तामाङ स्मारक, तामाङ संग्राहलय स्थापना गर्ने देखि कोशीपारीमा भ्यूटावर निर्माणसम्मका योजनामा अध्ययन गर्न टोली बनाउने सांसद लामाले बताइन ।

निर्वाचन क्षेत्रको विकास योजना रणनीति निर्माणका लागि गरिएको छलफलमा संघीय सांसद गंगा बहादुर दोङ, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम, महाभारत गाउँपालिकाका कान्छालाल जिम्बा, रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौला, तेमाल गाउँपालिकाको उपाध्यक्ष दुर्गामाया तामाङ, समाजसेवी मुकुन्द गौतम, प्रदीप लामा, राकेश लामा, लेखराज गौतम, खानीखोला र चौरीदेउराली गाउँपालिकाका वडाध्यहरुले विकास निर्माणको काममा साझेदारी गरेर जान तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : २०७६, २५ भाद्र बुधबार  ८ : ५७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले