२०८२, १६ चैत्र मंगलबार

प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा : स्वास्थ्य के समस्या देखियो ! सचिवालय मौन

प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा : स्वास्थ्य के समस्या देखियो ! सचिवालय मौन


काठमाडौं, २५ भदौ : प्रधानमन्त्री के.पी. शर्मा ओली बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षणका लागि गएका छन् । सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री ओली थप स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार फलोअपका लागि पुगेका प्रमको स्वास्थ्य जाँच सुरू गरिएको छ। प्रधानमन्त्री ओलीको सचिवालयका अधिकारीले यसबारे उहाँको स्वास्थ्य अवस्थाका बारेमा बोल्न इन्कार गरेका छन्। प्रमको उपचारमा संलग्न चिकित्सकहरूले पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो। उनी यही २० गते स्वदेश फर्किएका थिए। उनको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। सिंगापुरमा उहाँको सात पटक प्लाज्माफेरेसिस गरिसकिएको छ ।

प्रकाशित मिति : २०७६, २५ भाद्र बुधबार  ९ : २८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा