२०८२, २९ माघ बिहीबार

तपाईलाई गायत्री मन्त्रको अर्थ थाहा छ ?

तपाईलाई गायत्री मन्त्रको अर्थ थाहा छ ?


धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ सवैलाई थाहा नहुन सक्छ । पहिले पहिले व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । गायत्री मन्त्र अरुलाई सुनाउनु हुँदैन भन्ने गरिन्थ्यो । अचेल गायत्री मन्त्र गोप्य रहेन । यत्रतत्र गायत्री मन्त्र बजाइने गरेको पाइन्छ ।

गायत्री मंत्र :
ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्
अर्थ : (ॐ) यो प्रभुको मुख्य नाम हो ।
त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) ।

अर्थात सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् । गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् ।

गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछन् भन्ने धार्मिक मान्यता छ । दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जप गर्नुपर्छ भनी शास्त्र उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६, २५ भाद्र बुधबार  ६ : ५३ बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का