२०८३, १ असार मंगलबार

सङ्क्रमणकालका बाँकी अवशेष अन्त्य गर्न सेना बाधक हुुँदैन : प्रधानसेनापति थापा

सङ्क्रमणकालका बाँकी अवशेष अन्त्य गर्न सेना बाधक हुुँदैन : प्रधानसेनापति थापा


काठमाडौँ, २४ भदौ: प्रधानसेनापति पूूर्णचन्द्र थापाले छिमेकीको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यकारण आगामी केही समय अनिश्चिताको अवस्थाले नै निरन्तरता पाउन सक्ने सङ्केत गरेको बताउनुुभएको छ ।

प्रधानसेनापतिमा पदबहालीको एक वर्ष पुुगेको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा एकको सफलता र आगामी यात्राका विषयमा सकलदर्जालाई जानकारी गराउँदै उहाँले भन्नुुभयो, “तथापि, आन्तरिक राजनीतिक परिवेश, विकासका आवश्यकता र सम्भावनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रोे आगामी भविष्य हुनेमा विश्वस्त हुन सक्ने थुप्रै आधार रहेका छन् ।”

समृद्ध नेपाल र सुुखी नेपालीको परिकल्पना विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्थाबिना सम्भव देखिन्न भन्दै प्रधानसेनापति थापाले बाह्य स्वार्थको प्रभावबाट हरेक तह र तप्का सतर्क र सुरक्षित रहँदै आफ्ना राष्ट्रिय हित तथा स्वार्थको संवद्र्धन गर्नु नै आगामी राष्ट्रिय चुनौती भएको बताउनुुभयो ।

प्रधानसेनापति थापाले भन्नुुभयो, “यद्यपि, सङक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकाङ्क्षा र अन्योलले सुरक्षा चुनौती थपिन सक्ने यथार्थलाई भने नकार्न सकिन्न । सङ्क्रमणकालका केही अवशेष बाँकी छन् भने त्यसमा नेपाली सेना बाधक हुँदैन, संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा सरकारको आदेशमा परिचालित राष्ट्रिय सेनाको हौसलामा ठेस पनि लाग्नु हुँदैन ।”

समस्याको प्रकृतिअनुसार आन्तरिक सुरक्षा चुनौतीका विषयलाई सम्बोधन गर्ने गरी सरकारले लिएको नीति सफल हुँदै जाने आधार स्थापित हुँदै गएको अनुुभूत गर्न सकिन्छ भन्दै उहाँले भन्नुुभयो, “समयमै समस्याको पहिचान र त्यसको यथोचित समाधान हाम्रो राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको मियो बन्न सक्यो भने आम नागरिकले अपेक्षा गरेभन्दा बढी उपलब्धि हासिल गर्न सक्ने प्रशस्तै आधार छन् ।”

सेनाजस्तो सङ्गठनको राष्ट्रिय दायित्वको दायरा सीमित हुनै नसक्ने बताउँदैै प्रधानसेनापति थापाले भन्नुुभयो, “सेना राज्यशक्तिको महत्वपूर्ण अङ्ग हो भन्ने जानेर वा नजानेरै पनि यसलाई कमजोर संस्था बनाउने वा देखाउने प्रयास हुनसक्छ, यसमा सच्चा नेपाली नागरिक सचेत छन् र हुनु पनि पर्दछ, संवैधानिक दायित्वका अतिरिक्त सरकारका पनि परिभाषित लक्ष्य हासिल गर्ने कार्यमा सेनाले सधँै उल्लेखनीय योगदान पुु¥याउँदै आएको छ ।”

उहाँले बजेटको पूूर्ण सदपयोग गर्ने व्यवस्था गर्न निर्देशन दिँदै त्यसको ठिक ढङ्गबाट कार्यान्वयन नभएमा आगामी दिनमा अझ कठोर नीति अवलम्बन गर्ने र सम्बन्धितको वृत्तिविकाससँग जोडेर हेरिने स्पष्ट गर्नुुभयो ।

उक्त कार्यक्रमअघि भएको प्रधानसेनापति चौथो त्रैमासिक रोलकलमा जङ्गीअड्डा मातहतका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखले सकल दर्जाले सङ्गठन सुुदृढीकरण, सेवासुविधा, पूर्वाधार, नीतिनियम, खर्चको पारदर्शिता, अनुशासन, रासन, तालीम, कल्याणकारी कोष र सेवा अवधिलगायतका विषयमा राख्नुुभएको प्रश्नको जवाफ दिनुुभएको थियो ।

सो अवसरमा सकलदर्जाबाटै सलामी नफर्काउनेदेखि खाजा खाने समय नमिलेर ग्यास्ट्रिकको समस्या भोग्नु परको, कतिपय तालीममा पनि खाजाको व्यवस्था नभएको, जोखिमको काममा भत्ताको व्यवस्था नभएको भन्दै सेनाका हाकिमका घरमा सहयोगीमा गैरसैनिक खटाउने व्यवस्था गर्नुपर्ने तथा बढुवाको नीति स्पष्ट हुनुपर्ने लगायतका विषयमा केन्द्रित रहेर रायसुुझाव र गुुनासा प्रस्तुुत गर्नुुभएको थियो ।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ६ : ५४ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई