२०८३, २९ भाद्र मंगलबार

सुपरभाइजरलाई हत्या गर्न खोजेको ठहर

सुपरभाइजरलाई हत्या गर्न खोजेको ठहर


धादिङ, २३ भदौ : सडक निर्माणमा जुटेका सुपरभाइजरलाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत धादिङले कसुर ठहर गरेको छ ।

उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ कटुञ्जेका २३ वर्षीय सन्तबहादुर तामाङलाई ज्यान मार्न खोजेको आरोप लागेका १० जनालाई कसुर ठहर गर्दै अर्को पेसीमा सजाय निर्धारण गर्ने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताउनुभयो ।

विसं ०७५ जेठ २२ गते तामाङलाई घरबाट अपहरण गरी गङ्गाजमुना गाउँपालिका–१ ताजिम्राङका जङ्गलमा लगेर गोली र खुँडाले प्रहारी गरी फालेका थिए । घटनापछि गाउँलेले उद्धार गरि उपचारका लागि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा पु¥याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट काठमाडौँको शिक्षण अस्पतालमा लगिएको थियो ।

ज्यानमार्ने उद्योगअन्तर्गत जिल्ला अदालत धादिङमा विसं २०७५ भदौ ११ गते उनीहरु विरुद्ध मुद्दा दर्ता भएको थियो । सो मुद्दामा आरोपित कसुरदार ठहरिएपछि असोजको पहिलो साता जिल्ला अदालतले कसुर अनुसार उनीहरुलाई कैद तथा जरिवाना निर्धाण गर्ने अदालतको आजको आदेशमा उल्लेख छ ।

सो घटनामा खनीयबास गाउँपालिका–४ निवासी २५ मनोजकुमार गुरुङ, २३ वर्षीय छिरिङ तामाङ, २५ वर्षीय श्याम तामाङ, २६ वर्षीय दलबहादुर तामाङ, २६ वर्षीय बसन्त गुरुङ, २६ वर्षीय रेमन तामाङ, २५ वर्षीय दमजे तामाङ, २६ वर्षीय जङ्गबहादुर तामाङ, २६ वर्षीय रामबहादुर तामाङ र २६ वर्षीय विर्षबहादुर तामाङ संलग्न रहेको बताइएको छ ।

सल्लेरी ताजिम्राङ सडकमा सुपरभाइजरको रुपमा रहेका पीडितसँग चन्दा मागेपछि चन्दा नपाएको नहुँमा उहाँमाथि आक्रमण भएको स्थानीयवासी सन्तबहादुरले राससलाई बताउनुभयो । सो सडक निर्माणका लागि गाउँपालिकाले रु ६० लाख बजेट विनियोजन गरेको थियो । रासस

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  १० : ०३ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल