२०८३, १ असार मंगलबार

अब काठमाडौंको सडकमा महङ्गो मूल्यको विद्युत बस सरर

अब काठमाडौंको सडकमा महङ्गो मूल्यको विद्युत बस सरर


काठमाण्डौ, २३ भदौ : काठमाडोंको भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा आज निकै तामझामका साथ उप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले आज विद्युत बसको उद्घाटन गरेका छन् । काठमाण्डौका सडकमा धुलो, धुवाँरहित र वातावरणमैत्री विद्युतीय बसले प्रदुषणबाट उकुमुकस भएको काठमाडौंलाई केही राहत पुग्ने विश्वास गरिएको छ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा भोगिने सकसलाई कम गर्न दावी सहित निजी क्षेत्रको सुन्दर यातायातले सार्वजनिक विद्युतीय बस सञ्चालनमा ल्याएको बिजुली बसलाई आज पोखरेलले उट्घाटन गरेका हुन् । बसको उद्घाटन गर्दै मन्त्री पोखरेलले आउँदा दिनमा विद्युतीय बसको संख्या बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

मंगलबारदेखि नै चार ओटै बस सञ्चालनमा ल्याउने भनिए पनि दुई ओटा बसमात्रै सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा आएका बस पनि प्राविधिक जाँचका लागि सडक विभाग लगिनेछ । कम्पनीले दुई ओटा बस पनि अबको केही दिनभित्रै नै सञ्चालनमा ल्याउने जनाएको छ ।

नेपालको सडक सुहाउँदो किसिमले डिजाइन गरिएको बसले रिंगरोडको रुट पाएको छ । सुन्दर यातायातले थप ११ ओटा बस भित्राउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ भने यही वर्षभित्र नै २५ ओटा विद्युतीय बस सञ्चालनमा ल्याउने जनाएको छ । महँगो मूल्य तिरेर ल्याइएको एउटा बसको मूल्य नै १ करोड ६२ लाख रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ८ : १३ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई