२०८३, ७ कार्तिक शनिबार

प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता


काठमाण्डौ, २३ भदौ : तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सोमबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न विदेश मन्त्री वाङ बालुवाटार पुगेका थिए । नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग मन्त्रीस्तरीय वार्ता गरेर सहमति पत्रमा हस्ताक्षर गरेलगतै वाङले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको बालुवाटार श्रोतले बताएको छ । चिनियाँ विदेश मन्त्री वाङले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्दैछन् ।

यस्तै चिनियाँ विदेश मन्त्री यीले मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्दैछन् । विदेश मन्त्री यी मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ७ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना