२०८३, १० असार बिहीबार

काभ्रेको नमोबुद्धमा कभर्ड हल निर्माण शुरु

काभ्रेको नमोबुद्धमा कभर्ड हल निर्माण शुरु


काभे्रपलाञ्चोक २३ भदौ :  नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीमा क्षेत्रीयस्तरको कभर्ड हल निर्माण शुरु भएको छ । यसका लागि जमीन सम्याउने काम भइरहेको छ ।

प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु एक करोड बजेटबाट कभर्ड हलको निर्माण कार्य थालिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार हाललाई नपा कार्यपालिकाको बैठकले कभर्ड हलको लागि ९० रोपनी जमीन दिने निर्णय गरेको छ ।

“यस वर्ष थप बजेटबाट हलको क्षमता बढाउँदा थप जमीनको प्रबन्ध गर्नेर्छौं”, वडाध्यक्ष काफ्लेले भन्नुभयो । कभर्ड हलका लागि गत आर्थिक वर्षमा रु एक करोड ७५ लाखको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएको थियो । हाललाई भलिबल, ब्याटमिन्टन, बास्केटबल तथा अन्य साना ९इन्डोर० खेल सञ्चालनका लागि संरचना निर्माण गरिने परियोजनाका सव–इञ्जिनीयर मनोज दाहालले बताउनुभयो ।

कभर्ड हल निर्माणपश्चात् जिल्लाको खेल क्षेत्रमा ठूलो योगदान हुने तथा क्षेत्रीयस्तरमा खेलिने विभिन्न इन्डोर खेल सहजरुपमा आयोजना गर्न सकिने प्रदेश सभासदस्य रत्न ढकालले बताउनुभयो । उहाँका अनुसार कभर्ड हलमा करीब ६०० मानिस अट्नेछन् । ३ नम्बर प्रदेशस्थित रामेछापको मन्थलीमा कभर्ड हल निर्माण शुरु भइसकेको छ भने दोलखाको मैनापोखरी, सिन्धुपाल्चोकको चौतारामा निर्माण प्रक्रियामा छन् ।

सिन्धुली जिल्लाको कमलामाई र दुधौलीमा भने रङ्गशाला निर्माणको प्रक्रिया थालिएको धुलिखेलस्थित प्रदेश परियोजना कार्यान्वयन एकाईले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ११ : २२ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा