२०८३, २१ आश्विन बिहीबार

धनुषामा नगरपालिकाको केन्द्र विवादले ज्यान लियो, मेयर र उपमेयरबीच दोषरोपणको जुहारी

धनुषामा नगरपालिकाको केन्द्र विवादले ज्यान लियो, मेयर र उपमेयरबीच दोषरोपणको जुहारी


जनकपुरधाम २२ भदौ : मेयर र उपमेयरबीचको विवादका कारण धनुषामा एक जनाले ज्यान गुमाएका छन् । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयरको विवादले एकजनाले ज्यान गुमाए भने ठूलो संख्यामा घाइते भए । दुवैले आफ्नो कारण व्यक्तिको मृत्यु नभएको दावीका छन् । घटनापछि दुबैले एकअर्का बिरुद्व जाहेरी दर्ता गराउँदै आफू उम्किन खोजेको देखिएको छ ।

नगरपालिकाको केन्द्र सार्ने बिषयमा मेयर र उप–मेयर पक्षका समुदायबीच झडप हुँदा घाइते भएका हंसपुर नगरपालिका २ बस्ने तपेश्वर मण्डलको १८ भदौमा मृत्यु भयो । एकमहिना अघि केन्द्रका विषयमा झडप भएको थियो ।

मण्डलको मृत्यु भएको भोलिपल्टै उपमेयर रेणु झाले मेयर रामाज्ञान मण्डलले नै उनलाई मारेको आरोप लगाउँदै प्रदर्शनसहित उनीमाथि कारबाहीको माग गरिन् । सोही दिन मेयर मण्डलसहित चार जनाबिरुद्व मृतकको परिवारद्वारा जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिन लगाइन् ।

उपमेयरले मेयरसहित तीन जनाविरुद्व जाहेरी दर्ता गराएको चार दिनपछि मेयर पक्षका समुदायले पनि उपमेयरविरुद्व सोही घटनामा जाहेरी दर्ता गराएका छन् । आइतबार जनकपुरधाममा शक्ति प्रदर्शन गर्दै मेयर पक्षधर मनोजकुमार सिंह, शशी कापड र सदैय यादवले उपमेयर रेणु कुमारी झा, वडा नम्बर २ का अध्यक्ष उदय साह र वडा नम्बर २ बस्ने किशोरी यादवबिरुद्व जाहेरी दर्ता गराएका छन् ।

मेयरको पक्षमा प्रदर्शनमा उत्रेकाहरुले मेयरविरुद्वको मुद्दा खारेज हुनुपर्ने, उप मेयरलाई कार्वाही गर्नुपर्ने माग राखेका छन् ।

मेयर मण्डल र उपमेयर झा राष्ट्रिय जनता पार्टी राजपाबाट निर्वाचित जनप्रतिनिधि हुन् । शुरुदेखि नै दुईबीच खटपट हुँदै आएको थियो । पछिल्लो समयमा यी दुईले छुट्टाछुट्टै ठाउँमा नगरपालिकाको कार्यालय संचालन गर्दै आएका थिए ।

मेयर मण्डलले हंसपुरको बेल्ही चोकमा र उपमेयर झाले बघचौडास्थित साविकको कार्यालयमा बसेर कामकाज गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले दुबै पक्षबाट जाहेरी दर्ता भएको बताए । दुबै पक्षको जाहेरी परेपछि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ११ : १८ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १