२०८३, १३ कार्तिक शुक्रबार

धनुषामा नगरपालिकाको केन्द्र विवादले ज्यान लियो, मेयर र उपमेयरबीच दोषरोपणको जुहारी

धनुषामा नगरपालिकाको केन्द्र विवादले ज्यान लियो, मेयर र उपमेयरबीच दोषरोपणको जुहारी


जनकपुरधाम २२ भदौ : मेयर र उपमेयरबीचको विवादका कारण धनुषामा एक जनाले ज्यान गुमाएका छन् । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयरको विवादले एकजनाले ज्यान गुमाए भने ठूलो संख्यामा घाइते भए । दुवैले आफ्नो कारण व्यक्तिको मृत्यु नभएको दावीका छन् । घटनापछि दुबैले एकअर्का बिरुद्व जाहेरी दर्ता गराउँदै आफू उम्किन खोजेको देखिएको छ ।

नगरपालिकाको केन्द्र सार्ने बिषयमा मेयर र उप–मेयर पक्षका समुदायबीच झडप हुँदा घाइते भएका हंसपुर नगरपालिका २ बस्ने तपेश्वर मण्डलको १८ भदौमा मृत्यु भयो । एकमहिना अघि केन्द्रका विषयमा झडप भएको थियो ।

मण्डलको मृत्यु भएको भोलिपल्टै उपमेयर रेणु झाले मेयर रामाज्ञान मण्डलले नै उनलाई मारेको आरोप लगाउँदै प्रदर्शनसहित उनीमाथि कारबाहीको माग गरिन् । सोही दिन मेयर मण्डलसहित चार जनाबिरुद्व मृतकको परिवारद्वारा जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिन लगाइन् ।

उपमेयरले मेयरसहित तीन जनाविरुद्व जाहेरी दर्ता गराएको चार दिनपछि मेयर पक्षका समुदायले पनि उपमेयरविरुद्व सोही घटनामा जाहेरी दर्ता गराएका छन् । आइतबार जनकपुरधाममा शक्ति प्रदर्शन गर्दै मेयर पक्षधर मनोजकुमार सिंह, शशी कापड र सदैय यादवले उपमेयर रेणु कुमारी झा, वडा नम्बर २ का अध्यक्ष उदय साह र वडा नम्बर २ बस्ने किशोरी यादवबिरुद्व जाहेरी दर्ता गराएका छन् ।

मेयरको पक्षमा प्रदर्शनमा उत्रेकाहरुले मेयरविरुद्वको मुद्दा खारेज हुनुपर्ने, उप मेयरलाई कार्वाही गर्नुपर्ने माग राखेका छन् ।

मेयर मण्डल र उपमेयर झा राष्ट्रिय जनता पार्टी राजपाबाट निर्वाचित जनप्रतिनिधि हुन् । शुरुदेखि नै दुईबीच खटपट हुँदै आएको थियो । पछिल्लो समयमा यी दुईले छुट्टाछुट्टै ठाउँमा नगरपालिकाको कार्यालय संचालन गर्दै आएका थिए ।

मेयर मण्डलले हंसपुरको बेल्ही चोकमा र उपमेयर झाले बघचौडास्थित साविकको कार्यालयमा बसेर कामकाज गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले दुबै पक्षबाट जाहेरी दर्ता भएको बताए । दुबै पक्षको जाहेरी परेपछि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ११ : १८ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल