२०८३, १० असार बिहीबार

काभ्रेका सबै अबैध क्रसर र ढुंगा खानीहरु छिट्टै बन्द हुन्छ

काभ्रेका सबै अबैध क्रसर र ढुंगा खानीहरु छिट्टै बन्द हुन्छ


जिल्ला समन्वय समितिको जिम्मेवारी सम्हालेको २ वर्ष भयो यस अवधिमा तपाइको नेतृत्वमा के–कस्ता कामहरु सम्पादन गर्नसक्नु भयो ?

जिल्ला समन्वय समितिले गर्ने काम भनेको स्थानीय तहले गरेका विकास निर्माणका राम्रा कामहरुको सन्देश अरु ठाउँमा पु¥याईदिने हो । उहाँहरुले गरेका प्रशंसनीय कामको चाहिँ प्रशांसा गरिदिने हो । उहाँहरुको विकास निर्माणका कामबाट एकअर्काले सिक्न प्रेरित गर्ने हो ।

जिल्ला समन्वय समिति आफैले विकास निर्माण गर्ने होईन । काभ्रेमा १३ स्थानीय सरकार छन् ती स्थानीय सरकारले आ– आफ्ना भूगोलमा विकास निर्माणका कार्य अगाडि बढाउनुहुन्छ । स्थानीय सरकारका काम कारबाहीमा केही समस्या वा अफ्ठेरो आइप¥यो भने समन्वय र सहजीकरण गर्न हाम्रो उपस्थिति हुने हो । त्यसैगरी स्थानीय र प्रदेश सरकार अथवा संघीय सरकाको बीचमा केही सन्देश आदन÷प्रदान गरिदिनुप¥यो भने त्यहाँ हाम्रो समन्वयको जरुरी पर्छ । हामीले हाम्रो नेतृत्वमा यस्तै प्रकृतिका गतिविधिहरु गर्दै आएका छौं ।

हाम्रो अर्को जिम्वेवारी भनेको स्थानीय तहका जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि गर्न अगुवाई र सहजीकरण गर्ने हो । त्यो हामीले त्यो गरेका छौं । पहिलो आर्थिक बर्षमा त हामी धेरै सन्तोष लिने गरी प्रस्तुत हुन सकेनौं । बैशाखको १५ गतेतिर मात्र त्यसको बेजेटिङको कुरा आयो । त्यतिबेला ठूलो बजेट आएको थियो तर हामीले त्यो खर्च गर्न सकेनां । हामीले ६४ दिन निरन्तर सबै स्थानीय तहमा पुगेर धेरै कार्याक्रम ग¥यौं । यति गर्दा पनि धेरै पैसा फिर्ता गयो ।

गतको आर्थिक बर्षमा अघिल्लो सालको जस्तो नहोस् भनेर हामी सचेत थियौँ । तर पनि कर्मचारी समायोजनको अन्योलताले आँट र योजना गरिएअनुसारका काम हुन सकेन । त्यो किन त्यस्तो हुन गयो भने हाम्रो समन्वय अधिकारी जसले त्यसको प्रशासनिक नेतृत्व गर्नु पथ्र्यो त्यो नै खाली रहन गयो । तर पनि जनप्रतिनिधिहरुलाई आवश्यक रहेको समसामयिक विषयमा क्षमता अभिवृद्धिको काम गरियो । न्यायिक समितिहरुसँग छलफल भएको छ । न्यायिक समितिमा विज्ञहरु खोज्ने काम र त्यो खालको वातावरण बनाइदिने काम हाम्रो हो । त्यसको संयोजन गर्ने काम भएको छ ।

तपाईको जिल्लाका स्थानीय सरकारलाई गम्भीर समस्या आएर समन्वय गर्नुपर्ने अवस्था आयो कि आएन ?

त्यस्ता गम्भीर विषयवस्तुको रुपमा चाहिँ आएको छैन । केही–केही चाहिँ नआएका होइनन्, जस्तो प्राकृतिक स्रोत, नदीजन्य पदार्थहरु उत्खनन्, व्यवस्थापन, विक्री वितरणमा केही समस्या आएको छ । तर त्यो समस्याकै रुपमा चाहिँ भएन । हामीले त्यसलाई सामन्यीकरण गर्दै समन्वय गरेका छौं । समस्याका विषयमा हामी हाम्रा स्थानीयर सरकारसँग बस्दछौं र समाधानको बाटो खोज्दै आएका छौं । विद्यमान कानुनअनुसार नै त्यसलाई समन्वय र हामीलाई उपलब्ध अधिकारको प्रयोग गर्ने अभ्यास गरेका छौं ।

हामीले समस्या आउला भन्ने भएपछि स्थानीय सरकारसँग संयुक्त र छुट्टाछुट्टै पनि बस्ने गरिएको छ । समस्याको सही छानवीन गर्न यसरी छलफलमा बस्नु उपयुक्त हुन्छ किनभने स्थानीय सरकारका प्रमुख र उपप्रमुख जिल्लासभाका सदस्यहरु पनि हुन् । संख्याको हिसाबले दोस्रो तर मेरो अध्यक्षतामा पहिलो भएको जिल्ला सभाले समग्र काभ्रे जिल्लाको समग्र रुपमा विकास गर्न के–के गर्न सकिन्छ भनेर सामुहिक छलफल गरी विकास नीति तयार गरेका छौं ।

अहिले त्यही नीतिको आधारमा उहाँहरुले ल्याएको योजना अनुरुप काम भइरहेको छ । जनताहरुको अपेक्षा असाध्यै धेरै छन् । हामी समस्याको थुप्रोमाथि बसेका छौँ । हाम्रा साधन र स्रोत भने सीमित छन् । जनताको अपेक्षा अनुसारको जनशक्ति पनि हामीसँग पर्याप्त छैन । सीमितताको बाबजुद पनि त्यो आकाङ्क्षालाई पूरा गर्नेगरी जनताका योजना अगाडि बढाइएको छ । एकपालिकादेखि अर्को पालिकासम्मको कुराहरुलाई समन्वय गर्ने हाम्रो जिम्मेवारीको कुरा हो । त्यसलाई हामीले प्रमुख प्राथमिकतामा राखेर हाम्रो नेतृत्व गर्ने प्रयास हामीले गरेका छौं ।

प्राकृतिक स्रोत साधनहरुसँग जोडिएर कहिँ कतै समस्या छ भन्नुभो । यो समस्या समाधानको लागि कस्तो खालको विधि अपनाउने नीति तय ग¥यो त जिल्ला सभाले ?

हाम्रो जिल्लामा रहेका खानी उद्योगहरु, क्रसर उद्योगहरुको बारेमा गतवर्ष हामीले केही विधी अपनाएको थियौं । जुन उद्योगहरु सरकारी मापदण्डभित्र छैन त्यस्ता उद्योगलाई मापदण्डमा ल्याउन एउटा समझदारी गरियो । तिनीहरुलाई मापदण्डभित्र लेराउन ३ महिनाको समय दिने र त्यो बीचमा उहाँहरुले विकल्प खोज्नुपर्छ भन्ने जिल्लासभाको सामुहिक समझदारी बनायौं । त्यसपछि हामी कुन कुन मापदण्डभित्र छन् छैनन् भनेर हामीले एउटा समन्वय अधिकारीको अध्यक्षतामा एउटा प्राविधिक टिम बनायौँ । त्यो टिमले समग्र जिल्लाभित्र रहेका उद्योगहरुको बारेमा समग्र अध्ययन ग¥यो र प्रतिवेदन तयार ग¥यो । त्यसको रिपोर्ट हामीले जुन–जुन निकायमा पु¥याउन पर्ने हो ती निकायहरुमा पु¥यायौँ । यस अर्थमा हाम्रो समझदारीअनुरुपको कार्यलाई व्यवहारमा नै कार्यान्वयन गर्ने अभ्यासको थालनी गरेका थियौं ।

३ महिनामा उहाँहरुले विकल्प खोजिसक्नुपर्ने भन्ने अनुसार नै काम हुँदै थियो । फागुन मसान्त आउनुभन्दा अगाडि ३ नं प्रदेश सरकारले असार मसान्तसम्म उहाँहरुलाई समय थप्ने भन्ने कुरा ग¥यो । त्यसपछि मापदण्डभित्र नभएका उद्योगहरु निरन्तर चलिरहे ।

फेरि असार मसान्त पनि सकियो अब के गर्ने त ?

अब हामी कानुन व्यवस्थित ढङ्गले बनाउन सुझाउँछौं । हिजोको मामदण्डभन्दा पनि व्यवहारिक मापदण्ड बनाएर पठाउँछौँ । विशेष गरेर असार, साउन, भदौ, वर्षातको समय हो । फेरि अनुगमन समितिको बैठक बसिसकेपछि साउन र भदौ यो दुई महिना ठूलो धनजनको क्षति हुनसक्छ भनेर स्थानीय सरकारलाई समन्वय र सहकार्यका अनुरोधसम्म गरियो । उद्योगहरु चल्दै आएका छन् । नियमानुसार चल्नु र चलाउनु पर्छ भन्ने हाम्रो प्रयास जारी छ ।

पछिल्लो समय जिल्ला समन्वय समिति र जिल्लाका प्रमुखहरुको बैठकहरुबाट नीतिनियम विपरित सञ्चालनमा रहेका क्रसर उद्योगहरु बन्द गर्ने भन्ने कुरा पनि बाहिर आएको थियो नि ? त्यो बन्द भयो कि के छ अहिले ?

यो बन्दगर्ने भन्ने कुरा त आयो तर बन्दगर्ने भनेको होइन । उद्योगहरु बन्दगर्ने सरकारको मनसाय होइन । उद्योग सरकार र सरकारले उद्योग चिन्नुपर्छ । यो भनेको उद्योगीहरुले सरकारद्वारा बनाइएका कानुनहरु पालना गर्नुप¥यो । कुन–कुन उद्योगहरु सरकारले तोकेको मापदण्डभित्र छन् ? र कुन छैनन् ? भनेर हामीले हे¥यौं ।

अब मापदण्डभित्र नरहेका उद्योगहरुलाई के गर्ने उहाँहरुलाई चाहिँ समय प्रदान गर्नुपर्छ भन्ने सल्लाह भयो । तोकिएको समयभित्र नियमानुसारको मापदण्ड पूरा गर्दछन् भने त्यही ठाउँमा मापदण्ड पूरा गर्नुप¥यो । भौगवोलिक अवस्थाका कारण त्यो ठाउँमा मापदण्ड पूरा हुदैँन भने अन्त कतै त्यस्ता उद्योगहरुले जग्गा खोज्नुप¥यो । त्यो ठाउँमा अफ्ठेरो आउन सक्ला त्यस्तो भए स्थानीय सरकारले त्यसलाई सहयोग र समन्वय गर्नुपर्छ भन्ने कुरा सरकारको थियो ।

त्यहीअनुरुप हामीले सबैलाई सन्देश दियौं । फेरि बैठक राखियो । अनुगम समिति पहिलो त स्थानीय सरकारकै प्रमुखको अध्यक्षता हुन्छ अर्को जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा हुन्छ । स्थानीय तहको अनुगमन समितिले रिपार्ट बनाएर आएपछि उहाँहरुको रिपोर्टको आधारमा हामीले त्यो काम गर्ने हो । त्यो प्रक्रियामा छ अहिले चाहिँ विकल्प खोज्ने काम मात्र भएको छ । रोक्ने कुरा सरकारको उद्देश्य नै होईन ।

जिल्लामा बेरुजुको कुरा धेरै आईरहेको छ । यसलाई सुन्यताम झार्न समन्वय गर्न सकिन्छ ?

स्थानीय तहको बेरुजुको बारेमा त मैले बोल्ने होईन । कोष तथा लेखा नियन्त्रण छ । त्यो उसैले गरिरहेकै होला । यहाँले जिल्ला समन्वयसँग पनि बेरुजु छ भन्ने जुन कुरा छ, जिल्ला विकास समितिको पालामा विकास निर्माणका लागि लगेको रकम उपभोक्त समिति मार्फत उपभोक्त समित बन्यो काम सम्पन्न पनि ग¥यो तर परफारक भएन ।

त्यो बेलाको बेरुजु पनि सर्दै आउने भएकाले अहिले बेरुजू देखिएको हो । त्यस्तो बेरुजूको रकम ठूलै मात्रामा छ र अहिले खोज्दा केही उपभोक्ता समितिका मान्छेहरु मरिसकेका छन् । २५ बर्ष अगाडि लगेको पैसाको पनि यहाँ बेरुजुमा निस्किएको छ । उहाँहरुले सबै कागज बुझाई सकेको देखिएको छ र उहाँहरु फर्सोट किन भएन ? भनेर आइरहनु भएको पनि छ । जिल्ला समन्वयको व्यवस्थामा यसलाई खर्च गर्ने अधिकार नै छैन । बेरुजू देखिएको त्यो सबै पुरानो बेरुजू हो ।

हामीले अन्य ठाउँमा खर्च गर्लान् भनेर त्यो पैसा खर्च नै नगर्नु भन्यां । तोकिएकै ठाउँमा खर्च गर्न भनेर हामीले चलाउदैं चलाएनौँ । संघीय र प्रदेश सरकारले यो यो ठाउँमा यति खर्च गर्नु भनेर कार्यविधि पठाको छ, त्यो कार्यविधि अनुसार हामी खर्च गर्छौ । त्यसको रिपार्ट हामी सम्बन्धित निकायमा पठाउँछौ । बेरुजु त जिल्ला समन्वय कहिल्यै बेरुजु पनि आउँदैन र कहिल्यै पैसा पनि हुदैँन ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ८ : १८ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा