२०८३, ८ कार्तिक आईतबार

आज चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

आज चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै


काडमाडौं, २२ भदौ : चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार आउँदै छन्। उनलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उनको शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय श्रोतले बताएको छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन् ।

चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ। ुहाम्रोतर्फबाट हुने सबै तयारी पूरा भएको छु, मन्त्रालयस्थित द्विपक्षीय सम्बन्ध हेर्ने सहसचिव कालीप्रसाद पोखरेलले भने, नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिन यो भ्रमण सफल हुने आशा राखेका छौँ, उनले भने । सोमबार हुने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डालाई छलफलको विषय बनाइने मन्त्रालय श्रोतले बतायो । पहिले दुई देशबीच के–के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुनेछ। मन्त्रालयको तयारी शनिबार अबेरसम्म पनि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चलेको उनका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए। मन्त्री ज्ञवालीले शनिबार नेपालको आर्थिक विकाससँग चीनसँगको साझेदारीमा सोमबारको द्विपक्षीय छलफल केन्द्रित हुने प्रतिक्रिया दिएका छन्। नेपाल–चीनका समग्र पक्षमा हुने छलफलमा विगतका सम्झौताका प्रगति तथा त्यसको कार्यान्वयनका विषयमा अनुभव साटासाट तथा समीक्षा हुने जनाइएको छ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  १० : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना