२०८३, ३० श्रावण आईतबार

शक्तिका आडमा अपराध, ठगीबाटै कैयौंको उठीबास

शक्तिका आडमा अपराध, ठगीबाटै कैयौंको उठीबास


काठमाडौं, २२ भदौ : धनगढी ऋषि पञ्चमीका दिन नाचगान गरेर साँझ घर फर्कंदै गर्दा धनगढी उपमहानगरपालिका–५ तारानगरकी पार्वती भण्डारी सत्कार चोक पुग्दा लुटिइन्। मोटरसाइकलमा आएका दुईजनाले उनको हातको झोला खोसेर लगे। मानिसको चहलपहलकै बीच अप्रत्यासित रूपमा सो घटना भएको थियो। उनले सहयोगका लागि अरूलाई गुहार्न खोज्दाखोज्दै लुटेर भागिसकेका थिए। लगत्तै उनले प्रहरीलाई घटनाबारे जानकारी गराइन्। तर अहिलेसम्म लुटेर फेला पर्न सकेका छैनन्।

गत जेठ १३ गते बसपार्कस्थित श्रीपाल होटलमा तारानगरका आदर्श भट्ट मृत भेटिए। होटलको १०५ नम्बर कोठामा बाहिरबाट चुकुल लगाएको अवस्थामा उनी भित्रपट्टि मृत भेटिनुले घटना रहस्यमय बनेको छ। अत्यधिक लागूऔषध सेवन गरेकाले भट्टको मृत्यु भएको भन्दै प्रहरीले मिडियाबाजी गरे पनि भिसेरा रिपोर्टमा लागू औषध र विष सेवनको केही अंश नदेखिएपछि पीडित परिवारले होटलको कोठामै आदर्शको हत्या भएको बताउँदै आएका छन्। ‘लागूऔषधको मात्रा अत्यधिक लिएका कारण आदर्शको मृत्यु भएको भनी प्रहरीले हचुवाका भरमा बोलेका छन्, भिसेरा रिपोर्टले त्यसो भन्दैन,’ बुबा शम्भुप्रसाद भट्टले भने। आदर्शको पोस्टमार्टमपछि ल्याब परीक्षण रिपोर्टले लागूऔषध प्रयोग नगरेको देखिएकाले छोराको हत्या नै भएको बुबा शम्भुको दाबी छ।

राजनीतिक दलका केही नेता, केही प्रहरी र शक्ति केन्द्रको आडमा आपराधिक घटनामा संलग्न व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ। स्रोतका अनुसार बिहीबार राति पक्राउ परेको गिरोहको पनि केही प्रहरी अधिकारीसँग हिचमिच थियो। प्रहरी अधिकारी र शक्तिकेन्द्रनजिक रहेकाहरूका आडमा उनीहरूले राज्यलाई नै चुनौति दिनेगरी अर्बौंको ठगी निर्बाध रूपमै गरिरहेको खुलेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

ठगीबाटै कैयौंको उठीबास
मिटरब्याज र नक्कली कागजात बनाउँदै जग्गा बन्दगी राखेर ठगी गर्ने गिरोहका कारण धनगढीमा कैयौं स्थानीय घरबारविहीन बनेका छन् भने कैयौंले आत्महत्यासमेत गरेका छन्। धनगढी उपमहानगरपालिका–१२, वडा ७, वडा ३ लगायत विभिन्न स्थानमा ठगी गिरोहले जमिन हडपेको स्थानीय बताउँछन्। उनीहरूले मिटरब्याज खेलाउन नक्कली कागजात बनाई जमिन बन्धकी राख्नेजस्ता ठगी धन्दा गर्दै आएका छन्।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ७ : ११ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका