२०८२, ३ माघ शनिबार

धादिङमा गिद्ध लोप हुदैँ

धादिङमा गिद्ध लोप हुदैँ


धादिङ, २१ भदौँ धादिङ जिल्लाको आँखुखोला र बुढीगण्डकीको किनारमा बथानमा देखिने गिद्ध पछिल्ला दिनहरुमा हराउँदै गएको छ । आज सेप्टेम्बर ७ अर्थात भदौ २१ गते ११ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा पनि मनाइँदैछ ।

प्रत्येक वर्ष सेप्टेम्बर महीनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउने कार्यक्रमहरुको आयोजना गरी विश्वभर मनाउने गरिन्छ । सन् २००५ देखि दक्षिण अफ्रिकामा मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।

नेपालमा पनि सचेतनामूलक ¥याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रर्दशनी, गिद्ध महोत्सव, सडक नाटक, स्थानीय सरकार र सरोकारवाला निकायसँग अन्तक्र्रिया तथा रेडियो कार्यक्रम गरी साताव्यापीरुपमा मनाइने गरिएको गिद्ध संरक्षणका अभियन्ता कृष्ण भुषालले बताउनुभयो ।

एघाराँै अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइरहँदा यसअघि गिद्ध देखिने आँखुखोला किनार टारीबेँसी र आसपासमा आज गिद्ध एउटा पनि नदेखिएको त्रिपुरासुन्दरी गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण खत्रीले जानकारी दिनुभयो ।

धादिङमा विश्वमै दुर्लभ डगर गिद्ध, सुन गिद्ध र सेतो गिद्धसँगै सङ्कटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर गिद्ध पाइन्छ । गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने औषधि डाइक्लोफेनेक आदि विषादीको प्रयोग शून्य बनाउनुपर्ने, बासस्थान संरक्षण गरिनुपर्ने तथा आहारा सुरक्षा र उपलब्धतामा जोड दिनुपर्ने संरक्षणकर्मीको जोड छ । RSS

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ६ : ५० बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति