२०८३, ३० असार बुधबार

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने


काठमाडौं २१ भदौं  : नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधि मण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधि मण्डलस्तरीय वार्ताबारे रासससँगको सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिनुभयो ।

उहाँले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताउनुभयो । चार वर्षको अन्तरालमा चिनियाँ विदेशमन्त्रीबाट यो भ्रमण हुन लागेको छ ।

नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उहाँले वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचारविमर्श हुने बताउनुभयो ।

चीनको राज्य परिषद्का सदस्यसमेत रहनुभएका विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चीनफिङको भावी नेपाल भ्रमणको पूर्वतयारीका रुपमा लिन सकिन्छ कि भन्ने जिज्ञासामा उहाँले नेपाल भ्रमण गर्न महामहिम चिनियाँ राष्ट्रपतिका निम्ति उपयुक्त समय भएको जानकारी नेपालले दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उच्चस्तरीय नेतृत्वको आगमन उत्साहको विषय हो तर भ्रमणको मिति निर्धारण भएको छैन ।” नेपालका घनिष्ठ मित्र चिनियाँ राष्ट्रपतिले उपयुक्त समयमा भ्रमण गर्नेमा आफू आशावादी रहेको परराष्ट्रमन्त्रीले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यसै वर्ष गर्नुभएको चीनको राजकीय भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका निम्ति गर्नुभएको आमन्त्रणको राष्ट्रपति सीले सकारात्मक जवाफ दिनुभएको थियो । RSS

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ६ : ४३ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै